Font   font-increse   font-dicrese

नेपाल गुमाउँदैछ हलिउड कम्पनीसँग बार्गेनिङ पावर !

विष्णु शर्मा, काठमाडौं

विडम्वना ! यसपटक अस्कर अवार्डमा मनोनित कुनै सिनेमा नेपालमा रिलिज भएनन् । बरु, डीभीडीमा छ्याप्छ्याप्ती भैसके । दर्शकले माग गरेपनि नेपाली वितरकले अस्कर फिल्मलाई हलमा देखाउन सकेनन् । 
 
 
 
 
गतवर्ष पनि 'रेभिनेन्ट' अस्करपछि मात्र हलमा देखाइएको थियो । वितरक कम्पनी गोपिकृष्णले फिल्म थन्काएर राखेको थियो । व्यापक गुनासोपछि अस्करपछि मात्र उसले फिल्म चलायो । यतिन्जेल धेरै ढिला भैसकेको थियो, लगानी उठ्ने कुरै भएन । 
 
यसपटक अस्करमा उत्कृष्ट फिल्म विधाका ९ मनोनित काठमाडौंमा रिलिज भएनन् । यसपटक अस्कर जित्ने अपेक्षा गरिएको 'लाला ल्यान्ड'को राइटका लागि नेपाल वितरकले गरेको आग्रहलाई भारतस्थित हलिउड वितरक समिट इन्टरटेनमेन्टले अस्वीकार गर्दै नदिने बतायो । 
 
सीमित पर्दामा मात्र 'लाला ल्यान्ड' रिलिज गर्ने तर, नेपाललाई नदिने बताएपछि नेपाली दर्शकले फिल्म हेर्न पाएनन् । अरु ठूला हलिउड फिल्म पनि यसपटक नेपाली हलमा रिलिज भएनन् । ग्लोबल मार्केटमा असफल सिनेमा मात्र रिलिज भए । 
 
यसो हुनुमा केही कारण जिम्मेवार छन् । नेपाली वितरक न्यून मूल्यमा फिल्म खरिद गर्न चाहन्छन् तर हलिउड वितरण कम्पनी चाहँदैनन् । नेपाल हलिउडका लागि ठूलोे बजार पनि होइन । फिल्म खरिदमा नेपाली वितरकबीचमै प्रतिस्पर्धा देखियो । जसले गर्दा कम्पनीले मूल्य बढाए । 
 
नेपाली वितरक कम्पनीको सोच बढी व्यापारिक हुन थालेको छ । उनीहरु फ्रेन्चाइज फिल्मले मात्र व्यापार गर्छ भन्ने सोच राख्छन् । जसले गर्दा मध्यम लगानीका हलिउड फिल्म नेपाल आउन पाउँदैनन् । मिडल बजेटका फिल्मले ग्लोबल बक्सअफिसमा पछिल्लो वर्ष उधुम मच्चाएका छन् । उनीहरु दर्शकीय मनस्थितीभन्दा बजारको प्रभावमा फिल्म छनौट गर्छन् । अर्थात, उनीहरु फिल्म बुझ्दैनन्, बजार बुझ्छन् । 
 
नेपाली वितरकको बार्गेनिङ पावर पछिल्लो समय कमजोर बन्दै गएको पुष्टि हुन्छ । यसको प्रमाण भारतीय फिल्म उद्योग बलिउडका ठूला फिल्मको राइट मूल्य ४ करोड नेरुसम्म पुग्नु हो । यसले गर्दा मध्यम बजेटका आकर्षक र क्वालिटी फिल्म हेर्न पाउने दर्शकीय अधिकार कुण्ठित बन्दैछ । 
 
फ्रेन्चाइज फिल्ममा मात्र मनोरन्जन र बजार हुन्छ भन्ने सोच छ । नेपालमा समेत रिलिज भएको दक्षिण कोरियाली फिल्म 'ट्रेन टु बुसान'ले फेस्टिभलदेखि विश्व बक्सअफिसमै उछाल ल्यायो । यसपटक अस्करमा मनोनित ९ फिल्ममध्ये ७ वटा त फेस्टिभलकै लगानीमा बनेका हुन् । मुनलाइट, लाला ल्यान्ड, म्यानचेस्टर बाइ द सी सनडान्स र भेनिसका उत्पादन हुन् । 
 
यसै महिना काठमाडौंमा आएका हलिउड विज्ञ डभ साइमन्स भन्दै थिए, ‘नेपाली फिल्म बजारको भविष्य उज्वल छ । किनभने दुईतिर चीन र भारत छन् ।’ यो विश्लेषण सटिक र स्पष्ट किनपनि छ भने यी दुई देश हलिउडका ठूला बजार हुन् । अबको बीस वर्षमा चीन पहिलो र भारत दोस्रो अर्थतन्त्र हुने विश्लेषण बाहिर आइसकेका छन् । 
 
नेपालभित्रको राष्ट्रवादी धार विदेशी फिल्ममा कोटा प्रणाली लगाउनुपर्ने अडानमा छ । उसले लगातार, क्याम्पेन पनि चलाउँदैछ । तर, उदार ठानिएका वितरक कम्पनी अप्रत्यक्षरुपमा कोटा प्रणालीलाई सघाउँदैछन् । उदार विश्वमा कोटा प्रणाली व्यवहारिक हुँदैन । यसले स्वदेशी फिल्मको प्रतिस्पर्धी क्षमतालाई कमजोर तुल्याउँछ । यसकारण, क्वालिटी र आकर्षक हलिउड फिल्म रिलिजमा व्यापारिक सोच मात्र राख्नुहुँदैन । नेपालभित्र फिल्म उद्योग भनेकै, नेपाल, बलिउड र हलिउडभन्दा ज्ञान छ । यसो हुनुपछाडि कमर्सियल सोच भएर हो । नेपालमा कोरियाली फिल्म रुचाइएको विगत ताजा छ । 
 
बार्गेनिङ पावरको फ्याक्टर हलिउडमात्र होइन, बलिउडमा समेत देखिएको छ । 'दंगल'का लागि पाँच नेपाली कम्पनीबीचको प्रतिस्पर्धा र अन्त्यमा आमिर खानले १० प्रतिशतमा गोपिकृष्णलाई राइट बेचिदिनु एउटा उदाहरण हो । बलिउडको ठूलो फिल्म रिलिजको साताअघि मात्र बार्गेनिङ उत्कर्षमा पुग्छ र फलस्वरुप लगानी उठाउनै मुस्किल हुने ढंगले राइट खरिदका लागि वितरक तयार हुन्छन् । 
7 dislike 5

Facebook Comments
Spiderman : Home Coming
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Samrakshyan
Voting Poll
Sorry, voting poll not found.