Font   font-increse   font-dicrese

तयार भयो राजेश हमालले निर्देशन गर्ने फिल्मको लगलाइन

अन्ततः राजेश हमाल आफूले निर्देशन गर्ने सिनेमाको प्रिप्रोडक्सनमा कस्सिएका छन् । उनी निकट स्रोतका अनुसार हमालले लगलाइन फाइनल गरेका छन् र जानरा सोसल ड्रामा तय छ । 

 

 

 
सन् २०१८ मा उनले प्रोजेक्टलाई अघि बढाउने स्रोत बताउँछ । एक महत्वपूर्ण भूमिकामा स्वयम आफू नै हुने भएपनि कास्टबारे फाइनल छैन । ‘फिल्म सोसल ड्रामा जानरामा बन्दैछ र लगलाइन अब रेडी छ’ स्रोतले भन्यो । 
 
पटकथा कसलाई लेख्न दिनेबारेमा हमालले निक्र्यौल चाहिँ गरिसकेका छैनन् । आफ्नै लगानीमा बन्ने सिनेमाबारे हमालले कैंयन वर्षदेखि कुरा गर्दै त आइरहेका छन् तर, कामलाई चाहिँ थाँती राखेका छन् । ‘यसपटक भने उहाँ सिरियस हुनुहुन्छ’ स्रोतले भन्यो । 
 
यसैबीच, हमाल पत्नी फेसन डिजाइन अध्ययनका लागि विदेश जाने भएकी छन् । उनी केही वर्ष त्यहीँ रहेर अध्ययन गर्ने जनाइएको छ । मधु भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तिर्ण गरिसकेकी छन् । 
24 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.