Font   font-increse   font-dicrese

डाइङ क्यान्डल : ट्रेलरभित्र लुकेका रहस्य (समिक्षा)

डाइङ क्यान्डल अर्थात निभ्न लागेको दियो । यी विम्वले एकैसाथ नेपाली समाज, राजनीति र चाहनाको वर्तमान अवस्थालाई चित्रण गर्छन् । पछिल्लो समय ग्लोबल सिनेमा यी मानवीय मूल्य केन्द्रित हुन थालेका छन्, डाइङ क्यान्डल त्यो श्रृंखला हुनसक्छ । 

 

 

 
फिल्म पैसा वा कला भन्ने प्रश्न हाजिरीजवाफमा सोधियो भने डाइङ क्यान्डले उत्तर दिनेछ –कला । किनभने, रिलिज अगाडि नै फिल्मद्धारा प्रतिपादित हाइपले कलाको मूल्यलाई अझै महत्व दिएको छ । दिदी र भाईबीचको पवित्र सम्बन्ध (प्रेमकथा) भ्यालेन्टाइन डेको रिलिज हुनुको आफ्नै खाले सांकेतिक अर्थ छ । पुँजीवादले परिभाषित गरेजस्तो प्रेमको चर्चा यहाँ गरिएको छैन । दिदीभाइबीचको पवित्र प्रेम, कन्डिसनरहित प्रेम । 
 
सिर्जना सुब्बा प्रोटागोनिस्ट हुन् । फिल्म नहेरकाले यहाँ प्रिभ्यू गर्न सीमाहरु छन्, यद्यपी ट्रेलर हेर्दा लाग्छ, यसले नेपाली नारीभित्रका दुईखाले द्धन्द्धहरुलाई चित्रण गरेको छ । एउटा, उक्त नारी पात्रको आफैभित्रको चाहना र रुचिबीचको द्धन्द्ध । अर्को, ती नारी पात्रको बाह्य भौतिकतासँगको द्धन्द्ध । ट्रेलर हेर्दा मुख्य पात्रभित्र द्धन्द्धका यी तह सिर्जना गरिएको छ । 
 
 
 
 
नारीप्रधान सिनेमा कमै बन्छन् नेपालमा । बनेपनि स्टेरियोटाइप खालका बन्ने गर्थे । डाइङ क्यान्डल ट्रेलर हेर्दा त्यो महसुस हुँदैन । यसले नेपाली समाज बाँचिरहेका अधवैंशे नारी पात्रलाई ट्रीटमेन्ट प्रयत्न गरेको छ, त्यो पनि केन्द्रिय पात्रको भूमिकामा । दर्शकले बक्सअफिसमा फिल्मलाई कसरी रुचाउलान्, त्यो अलग कुरा हो । यद्यपी पात्र, चरित्र, संघर्षलाई चित्रण गर्दा डाइङ क्यान्डल उत्कृष्ट क्राफ्ट बन्नसक्नुपर्छ । 
 
नेपाल ट्रेलर राम्रो बन्ने देश हो । ट्रेलर हेरेपछि फिल्म नै हेनुपर्दैन अधिकांशको । डाइङ क्यान्डलको ट्रेलरले दर्शकीय मस्तिष्कमा उत्सुकता र उद्देलना सिर्जना गरिदिएको छ । लाक्पा सिंगे तामाङ र सिर्जनाबीचको दिदीभाइ केमेस्ट्री ट्रेलरभित्रै महसुस गर्न सक्छौं । सौगात मल्ल र अर्पण थापाको पात्रभित्र कौतुहलता जगाइएको छ । उनीहरु जति सेकेन्ड देखिन्छन्, यसले मुख्य पात्रसँगको रिलेसनबारे प्रश्न उठ्नछन् । 
 
 
 
 
एक दृश्यमा मुख्य पात्रसँग अर्पण पात्रको धागो गाँसिनु एउटा सांकेतिक सट् हो । दर्शकले आफ्नै आँखा र बौद्धिकताअनुसार यसलाई व्याख्या गर्लान् तर, यो प्रयत्न राम्रो छ । ट्रेलरभित्र प्रस्तुत सिंगल सट्, ब्याकग्राउन्ड स्कोर र लाइटिङले फिल्मभित्र डेप्थ प्रदान गरेको छ । रविन आचार्यले सिंगल सट्मा अझै गहिराइ पोतेका छन् । सिनेम्याटिक सिद्धान्तले भन्ने गरेजस्तो हरिजेन्टल सट् रोज्नुपछाडि उनले सीमान्तकृत चाहना र पात्रलाई अझै स्थापित गर्न खोजेको महसुस हुन्छ । 
 
२५ देखि ३५ वर्षभित्रकी नेपाली ग्रामिण समाजकी युवतीलाई मुख्य पात्र बनाउनु निर्देशकीय दृष्टिकोण हुनसक्छ । किनभने, यो उमेरकी युवतीसँग परिवार र नीजि चाहना, उत्तरदायित्वका सीमारेखा हुन्छन् । स्वभाविकरुपमा संघर्ष र घर्षण तीव्र भेटिन्छन् । निर्देशक डा. नरेश कुमार केसीले कसरी सिनेम्याटिक ल्यांग्वेजमा कथा भन्छन्, यो फिल्म हेरेपछि पत्तो लाग्ला । तर, अहिले डाइङ क्यान्डल खास दर्शकमाझ प्रतीक्षित अवश्य छ । 
 
नेपाली मेनस्ट्रिम न्यारेटिभले यो गाढा सिनेमालाई कसरी लेला ? यो बहसको पाटो बन्नसक्छ । अहिलेलाई भने, डाइङ क्यान्डल हेर्न योग्य सिनेमा हो भन्ने हाम्रो मत छ ।
 
 
2 dislike 2

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.