Font   font-increse   font-dicrese

सम्पादकीय : यादव खरेलको राजिनामापछि साँधिएको डरलाग्दो मौनता

चलचित्र नीति संयोजकबाट यादव खरेलको राजिनामाको खबर सम्भवतः थोरैलाई थाहा हुनुपर्छ । अर्थात, थाहा भएर पनि वास्ता भएन । चलचित्र विकास बोर्ड, सम्बद्ध संस्था र सिनेकर्मी यसबारे मौन छन् । यो मौनता निकै जोखिमपूर्ण र डरलाग्दो हो । यसलाई वर्ष २०७३ कै सर्वाधिक ठूलो सेटब्याकको रुपमा लिन सकिन्छ । हामीसामु वर्ष २०२६ को चलचित्र नियमावलीलाई विस्थापित गर्ने मौका थियो । तर, दुर्भाग्य सरकारी बेवास्ताले गर्दा खरेलले राजिनामा दिएपछि प्रस्तावित नीति अलपत्र छ । 

 

 

 
हालैको एक कार्यशालामा हलिउड विज्ञ डभ साइमन्सले नेपाली सिनेमाबारे सटिक र स्पष्ट विश्लेषण गरेका थिए । अर्थात, उनले भनेका थिए, विदेशी फिल्म निर्मातालाई नेपालमा आकर्षण गर्ने कुनै योजना सरकारसँग छैन र नेपाली सिनेमा निकै अव्यवस्थित ढंगले चलेको रहेछ । साइमन्सको यो भनाई नेपाललाई हेर्ने विश्व दृष्टिकोण हो । उनको यो गुनासोलाई सम्बोधन गर्ने एकमात्र उपाय फिल्म नीति थियो । तर, वर्तमान सरकार यसप्रति मौन मात्र छैन, स्वयम सरोकार निकाय मौन छन् । 
 
खरेलले आफ्नो राजिनामा पछाडिको मुख्य कारणमा सरकारी बेवास्ता भन्दै आइरहेका छन् । उनको यो भनाइ सत्य हो भने, राज्यले अहिले पनि सिनेमालाई उद्योगको रुपमा हेर्न चाहँदैन्, विश्व सिनेमासँगको परिवर्तनलाई स्वीकार्न चाहँदैन । सिनेकर्मी पनि दैनिक सुटिङ, अन्तवार्ता, हल घुमघाम गर्ने चक्रमा समय व्यतित गर्दैछन् । सरकारले छिटो भन्दा छिटो यादव खरेललाई फकाएर समितिमा ल्याउनुपर्छ र प्रस्ताव नीति कार्यान्वयन गर्ने कानुनको रुपमा अघि बढाउनुपर्छ । जति ढिला हुँदैछ, नेपाली सिनेमा उति विश्व सिनेमा मानचित्रबाट अलग हुँदैछ, ढिला नगरौं । 
0 dislike 0

Facebook Comments
Tiger Zinda Hai
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.