Font   font-increse   font-dicrese

बुद्धि सागरको सिनेमा डेब्यु, 'लभ सासा'का एक महत्वपूर्ण पात्र

बुद्धि सागरको परिचयमा नयाँ प्वाँख थपिएको छ । यी लेखक अब सिनेमा अभिनेता पनि बनेका छन् । बिहिबारदेखि रिलिज हुन लागेको लभ सासामा उनलाई महत्वपूर्ण भूमिकामा देख्न सकिनेछ । 

 

 

 
केमियो नै सहि, पर्दामा उनी जब देखिन्छन्, तब दर्शकमा उत्साह फैलन्छ । कर्नाली ब्लुज र फिरफिरे लेखकलाई लभ सासाको रीलमा रिएल पात्रकै रुपमा देख्न सकिन्छ । 
 
पर्दामा उनी कसरी प्रस्तुत भएका छन् ? यो थाहा पाउन सिनेमा नै हेर्नुपर्छ । फिल्मभित्र उनलाई एक महत्वपूर्ण सहायक पात्रको भूमिकामा देख्न सकिन्छ । केकी अधिकारी र कर्मसँग उनले स्क्रिन सेयर गरेका छन् । फिल्मभित्र फिरफिरे पुस्तकको वर्णन समेत छ । विहिबारदेखि देशव्यापी रिलिज हुन लागेको सिनेमालाई प्रचण्डमान श्रेष्ठले निर्देशन गरेका हुन् । 
10 dislike 11

Facebook Comments
Guardians of the galaxy2
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.