Font   font-increse   font-dicrese

'दर्पण छायाँ २' पुनः छायांकन | उत्कर्ष दृश्य दार्जिलिङमा सुट

‘दर्पण छायाँ–२’को उत्कर्ष दृश्य पुनः छायांकन गरिएको छ । दार्जिलिङमा क्लाइमेक्स सुट गरिएको निर्देशक तुलसी घिमिरेले जानकारी दिए । प्राविधिक कारणले पुनः सुट गर्नुपरेको उनले बताए ।  

 

 

 
यसअघि गरिएको भीएफएक्समा चित्त नबुझेपछि छायांकन पुनः गरिएको हो । यसअघि डबिङ सकिएको थियो । तर, निर्देशक घिमिरेलाई भीएफएक्स चित्त बुझेन । पुनः सुट गर्दा फिल्मको लागतमा वृद्धि हुनेछ ।
 
१५ मिनेट लामो क्लाइमेक्स छायांकन तीन दिन लगाएर दार्जिलिङको जीटीए सभा हलमा गरियो । जुन दृश्यका लागि मात्रै दार्जिलिङका ३० संगीतकर्मी भेला थिए ।
 
 
 
 
 
घिमिरेले भने, ‘हामीले उक्त दृश्यलाई भीएफएक्स गर्न एक चरणको सुटिङ गरिसकेका थियौं । तर, यसको जिम्मा लिएका प्राविधिकको काममा चित्त नबुझेपछि पुनः सुट गर्नुपरेको हो ।’ 
 
नृत्यको निर्देशनश मिङ्मादोर्जी लेप्चाले गरेका छन् । उनी भारतीय टेलिभिजन स्टार प्लसले गर्ने ‘डान्स प्लस’ सिजन २ का फाइनलिस्ट हुन् । मुम्बईमा रहेर उनले कोरियोग्राफी अघि बढाइरहेका छन् । फिल्मका लागि १० जना स्टेप डान्सर समेत सिक्किमबाटै ल्याएका थिए । 
 
छायांकन रामेश्वर कार्कीले गरेका हुन् । मुख्य भूमिकामा पुष्पल खड्का, सहारा कार्की, श्रद्धा प्रसाई, फिरोज तिमिल्सेना, सुमन घिमिरे, जीवन आचार्य छन् । 
 
15 dislike 0

Facebook Comments
Fate of the furious 8Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Diarry
Voting Poll
Sorry, voting poll not found.