Font   font-increse   font-dicrese

बिजनेस टक : रिलिजको लर्को विहिबारदेखि शनिबारसम्मै

आउँदो साता विहिबारदेखि शनिबारसम्मै फिल्म रिलिज हुनेछन् । नेपाली बक्सअफिसमा पहिलोपटक यस्तो दुर्लभ संयोग जुरेको हो । 

 

 

विहिबार लभ सासा, किङ र शब्द लाग्नेछन् । यी तीनैवटा घरेलु सिनेमा हुन् । सुरुमा लभ सासा २८ मा आउने भएपछि पछिल्ला दुईले आफूलाई प्रिपोन्ड गरिदिएका हुन् । 
 
भारतीय सिनेमा ओके जानु शुक्रबार लाग्ने एक्लो फिल्म हो । हलिउडको बहुप्रतीक्षित ट्रीपल एक्स शनिबार रिलिज हुनेछ । तर, यो फिल्म भारतीय बक्सअफिसमा भने शुक्रबारै रिलिज हुनेछ । 
 
आखिर प्रोड्युसर किन विहिबार नै फिल्म रिलिज गर्न चाहन्छन् ? कारण स्पष्ट छ । ट्रीपल एक्स र ओके जानु मल्टिप्लेक्स दर्शकमाझ पर्खाइयोग्य सिनेमा हुन् । यी दुईसँग जुधाउँदा रेभन्युमा प्रभाव अवश्य पर्नेछ । 
 
तर, विहिबार नै रिलिज गर्दा बक्सअफिस कलेक्सनमा निर्मातालाई अनुमानित ३० देखि ४० लाख ग्रससम्मको फाइदा पुग्न सक्छ । यो कन्फ्ल्क्टि अफ इन्ट्रेस्टले रिलिज सेड्युल विहिबारदेखि शनिबारसम्मै पुगेको हो । 
 
11 dislike 0

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.