Font   font-increse   font-dicrese

नेपाली सिनेमाले हामीबाट फाइदा लेओस् : चीन

 चिनियाँ निर्देशक सी फेइले आफ्नै मौलिकताको कथा भन्ने शैली निर्माण गर्न नेपाली फिल्म निर्मातालाई आग्रह गरेका छन् । पहिलो अन्तराष्ट्रिय फिल्म फेस्टिभलका लागि काठमाडौं आइपुगेका सीले आफ्नो सम्मानमा आयोजित रात्रीभोजमा यी कुरा बताउँदै थिए । 

 

 

 

 
उनले मौलिक फिल्म निर्माण गर्न सके मात्र विश्वकै ठूला सिनेमा बजारको बीचमा रहेको नेपालको फिल्मी बजार उज्वल हुन सक्ने बताए । ‘सुनेको छु, नेपाली सिनेमा बनाउन युवापुस्ता लागिरहेको छ’ उनले भने, ‘युवाले नयाँ सोच र ऊर्जासहित संस्कृतिमा आधारित मौलिक फिल्म बनाउनुपर्छ ।’
 
उत्तर छिमेकी चीनले नेपाली सिनेमाको विकासलाई नजिकबाट नियालिरहेको बताउँदै उनले चीनमा आयोजना हुने फिल्म फेस्टिभलबाट नेपालले ठूलो फाइदा लिन सक्ने बताए । ‘बेइजिङ र सांघाइ फेस्टिभलमा नेपाली फिल्म पठाउनूस र फाइदा लिनूस’ उनले भने । 
 
उनले नेपालमा बलिउड हेजेमोनी स्वभाविक रहेको बताए । ‘भाषा र संस्कृतिको कारणले पनि नेपाली सिनेमा बलिउडसँग नजिक हुनु स्वभाविक हो’ उनले भने, ‘बलिउड प्रभुत्वलाई रोक्न नेपालले आफ्नै सिर्जनामा फिल्म बनाउन सक्नुपर्छ ।’
 
बुधबारदेखि पूर्वेली र भारत सीमावर्ती सहर धरानमा हुन लागेको फेस्टिभलमा राष्ट्रिय एवं अन्तराष्ट्रिय फिल्मले प्रतिस्पर्धा गर्दैछन् । चिनियाँ प्राध्यापक समेत रहेका सी फेस्टिभलका जुरी हुन् । फेस्टिभलमा भाग लिन भारत, श्रीलंका र बंगलादेशबाट समेत फिल्म निर्माता आइपुगेको संयोजक केपी पाठकले जनाए । 
 
10 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.