Font   font-increse   font-dicrese

'दंगल'ले तीन सातामा नेपाली बक्सअफिसमा कति कमायो ?

आमिर खान स्टारर भारतीय बायोग्राफी सिनेमा 'दंगल'ले तीन सातामा नेपाली बक्सअफिसमा झन्डै १० करोड ग्रस कमाएको छ । यो हिसाब वितरक र मेरोसिनेमाको तथ्यमा तयार गरिएको हो । 

 

 

 
झन्डै २० बढी पर्दाबाट नेपाली मल्टिप्लेक्ससहितका एकल पर्दामा सिनेमा प्रदर्शनरत छ । धन्यवाद यसको बलियो वर्ड अफ माउथलाई, जसले गर्दा सबै उमेरका दर्शक हलसम्म तानिएका छन् । बुधबारसम्म नेपाली हलमा दंगलको एकाधिकार हुनेछ । 
 
भारतमा भने फिल्मले ३ सय ४५ करोड नेट कमाएको छ । यसले आमिरकै अघिल्लो फिल्म पिकेको लाइफटाइम कलेक्सन (३ सय ४० करोड)लाई समेत उछिनेको छ । बलिउड ट्रेड समिक्षक तरण आदर्शका अनुसार दंगलले आइतबार मात्रै १४.३३ करोड नेट कमाएको थियो । 
0 dislike 31

Facebook Comments
Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Nirbhaya
Voting Poll
Sorry, voting poll not found.