Font   font-increse   font-dicrese

'ब्लाइन्ड रक्स' टीमद्धारा मुख्य पात्रलाई लन्डनमा स्वागत

ब्लाइन्ड रक्स टीमले सिनेमाकी वास्तविक पात्र सृष्टि केसीलाई लन्डनमा स्वागत गर्दै छायांकनका लागि रेडी रहेको जनाएको छ । निर्माता निकेश लिम्बु र निर्देशक मिलन चाम्सले दृष्टिविहिन प्रतिभावान युवतीलाई हिथ्रो विमानस्थलमा स्वागत गरे । 

 

 

 
झन्डै सात महिनापछि लन्डनमा हुने रेडकार्पेट प्रिमियरमा सृष्टि मुख्य आकर्षण हुने समेत सिनेमाले जनाएको छ । निर्माता लिम्बुले सृष्टिको सहभागिताको पुष्टि गरे । सानैमा आँखाको ज्योति गुमाएकी सृष्टि धेरै तन्नेरीका लागि प्रेरणाको स्रोत बनेकी छन् । 
 
जनवरी तेस्रो सातादेखि फिल्मांकन सुरु हुने प्रोजेक्टका लागि निर्देशक चाम्स यसैसाता काठमाडौं आउँदैछन् । फिल्मकी मुख्य वास्तविक पात्र केसी भने नृत्य अध्ययनका लागि लन्डनको रोहिम्पटन विश्वविद्यालय पुगेकी हुन् । उनी त्यहाँ सात महिना रहनेछिन् । 
 
आउँदो सातादेखि प्रिप्रोडक्सन सुरु हुँदैछ र कलाकार पूर्वाभ्यासमा व्यस्त छन् । सृष्टिको भूमिकामा बेनिशा हमालले अभिनय गर्दैछिन् । नाजिर हुसेन र गौरी मल्ल समेत फाइनल छन् । यसअघि हँसिया र वीर विक्रम निर्देशन गरेका चाम्सको यो तेस्रो फिचर प्रोजेक्ट हो । 
18 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.