Font   font-increse   font-dicrese

'लालटिन' पोस्टरमा दयाहाङको ग्याङस्टर लुक्स

'लालटिन'को नयाँ पोस्टरमा यसका मुख्य पात्र दयाहाङ राईको ग्याङस्टर लुक्स आउट भएको छ । चैत १८ गते रिलिज हुने सिनेमामा उनलाई एक्सन अवतारमा देख्न सकिन्छ । 

 

 

 
अभिनेता समेत रहेका भानुप्रतापको प्रस्तुतिमा बनेको फिल्ममा दयाहाङ पात्रमा विविधता पाउन सकिन्छ । पोस्टरमा उनी गाम्भिर्य र आउटस्ट्यान्डिङ लाग्छन् । 
 
प्रियंका कार्की, अर्जुनजंग शाही, ए गुरुङ, निर्जन थापा, राज कट्वालको समेत मुख्य भूमिका रहेको सिनेमालाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । क्राइम एक्सन र थ्रीलर जानराको फिल्म यसवर्षको प्रतीक्षित कमर्सियल सिनेमा हो । 
 
अनिम श्रेष्ठ र राज केसीको निर्माण एवं मनोज राजभण्डारी र दीपक श्रेष्ठको सहनिर्माण रहेको सिनेमालाई एमसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो । सिनेमाको पहिलो प्रिमियर यसै महिना दार्जिलिङमा आयोजना हुँदैछ ।
50 dislike 2

Facebook Comments
Spiderman : Home Coming
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.