Font   font-increse   font-dicrese

ओम पुरीको निधन हृदयघातबाट !
मेरोसिनेमा, २१ पुस (काठमाडौं)

 भारतीय अभिनेता ओम पुरीको ६६ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । द इन्डियन एक्सप्रेसका अनुसार हृदयघातका कारण उनको निधन भएको हो । 

 

 

 
अँधेरीस्थित घरमा राखिएको उनको शवमा बलिउड कलाकारहरु पुगेर श्रद्धान्जली दिने क्रम जारी छ । पुरीका निकट मित्र अशोक पण्डितले इन्डियन एक्सप्रेसलाई बताएअनुसार हृदयघातले गर्दा बिहान पुरीको निधन भएको हो ।
 
भारत, पाकिस्तान, बेलायती र हलिउडका मूलधारे फिल्म खेलिसकेका अभिनेताले पद्मश्री प्राप्त गरिसकेका छन् । उनको निधनमा पाका निर्देशक महेश भाट, बोमन इरानी र नयाँ कलाकारले समेत ट्वीटमार्फत श्रद्धान्जली व्यक्त गरेका छन् । 
0 dislike 0

Facebook Comments
Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Nirbhaya
Voting Poll
Sorry, voting poll not found.