Font   font-increse   font-dicrese

फ्राइडे रिलिज : ब्राड पिटको फिल्म काठमाडौंमा आजदेखि

शुक्रबार नेपाली बक्सअफिसमा तीन सिनेमा रिलिज भएका छन् । कर्म स्टारर नेपालको 'भ्रम', हलिउडका दुई ठूला फिल्म 'अन्डरवल्र्ड : ब्लड वार्स' र ब्राड पिट स्टारर 'अलाइड' । 

 

 

 

 
रविन्द्र शाहीको पटकथा एवं निर्देशन रहेको 'भ्रम'लाई हरर एवं थ्रीलर जानरामा राखिएको छ । कर्म र खुस्बु खड्का मुख्य भूमिकामा छन् । फिल्मलाई सिंगल स्क्रिनमा रुचाउन सकिने विश्वास छ । हरर भएपनि फिल्मको द्धन्द्ध लभस्टोरी हो । 
 
अमेरिकन एक्सन र हरर फिल्म 'अन्डरवल्र्ड : ब्लर्ड वार्स'लाई आन्ना फस्टरले निर्देशन गरेकी हुन् । केट बेकिन्सेल, थियो जेम्स, लारा पल्भर मुख्य भूमिकामा छन् । अन्डरवल्र्ड फ्रेन्चाइजको यो पाँचौ सिक्वेल हो ।
 
भ्याम्पायर र मान्छेबीचको द्धन्द्धको फिल्मको कथावस्तु हो । 
 
'अलाइड'मा ब्राड पिट र मारियन कर्टिलार्डको मुख्य भूमिका छ । रोबर्ट जेमेकिज निर्देशित फिल्म दोस्रो विश्व युद्धको सेटमा बुनिएको रोमान्टिक फिल्म हो । जासुस अधिकृत ब्राड पिट र जर्मनी जासुस मारियन कर्टिलार्डबीचको प्रेम कथावस्तु हो । यसले क्रिटिक्सबाट मिश्रित समिक्षा प्राप्त गरेको छ । 
11 dislike 0

Facebook Comments
Guardians of the galaxy2
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.