Font   font-increse   font-dicrese

ठमेलमा मेलिना र भानु प्रताप रंगेहात !
मेरोसिनेमा, ३० कात्तिक (काठमाडौं)

हालैको एक राती मेलिना मानन्धर र भानुप्रताप ठमेलस्थित होटेल संकटामा सँगै भेटिए । एउटै बेड सेयर गरिरहेको बेला उनीहरु प्रहरीबाट रंगेहात समातिए । राजधानीको मुख्य पर्यटकीय क्षेत्रमा उनीहरु सँगै भेटिएपछि हल्लीखल्ली समेत मच्चियो ।

 



यो दृश्य वास्तविक भने होइन, छायांकन भैरहेको सिनेमा रोमियोका लागि बनिबनाउ दृश्य थियो । मेरोसिनेमासँग कुरा गर्दै भानु र मेलिना दुबैले फिल्म छायांकन गर्दा रमाइलो महसुस भैरहेको बताए ।

शंकर कार्कीको निर्देशनमा अहिले रोमियोको छायांकन भैरहेको छ । वेश्यावृत्ति अर्थात प्रोस्टिच्युसनको सेटिङमा फिल्म बनिरहेको छ । लामो समयपछि अभिनयमा कमब्याक गरेकी मेलिना र भानुप्रतापले उक्त सेटिङका लागि आवश्यक पात्रमा अभिनय गरेका थिए ।

निशा अधिकारी, ओसिमा बानु, बिपिन मिकी, विकास खतिवडा, अफिसा श्रेष्ठ लगायतले अभिनय गरेका छन् । मुख्य अभिनेतामा निर्माता समेत रहेका हसन खान छन् ।
 

0 dislike 0

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.