Font   font-increse   font-dicrese

ज्याकी च्यानलाई अस्कर अवार्ड
मेरोसिनेमा, २५ कात्तिक (काठमाडौं)

अभिनेता ज्याकी च्यानले अस्कर अवार्ड प्राप्त गर्ने भएका छन् । अस्कर प्रशासन एकेडेमी आर्ट्स अफ साइन्सेज चिनियाँ मुलका हलिउड अभिनेतालाई अभिनयमा योगदान दिएबापत मानार्थ अस्कर प्रदान गर्ने निर्णय गरेको हो ।

 

 

 
शनिबार हुने गभनर्स अवार्डमा ज्याकीले अस्कर ट्रफी ग्रहण गर्नेछन् । फिल्म सम्पादक एन्नी कोट्स, कास्टिङ निर्देशक लिन स्टलमास्टर, डकुमेन्ट्री निर्देशक फेडेरिक वाइजम्यानले पनि मानार्थ अवार्ड प्राप्त गर्नेछन् । 
 
‘मैले यति प्रतिष्ठित अवार्ड पाउँछु भनेर कहिल्यै सोचेको थिइँन’ ज्याकीले भने, ‘यतिबेला मैले पहिलोपटक स्टन्ट कोरियोग्राफरबाट पाएको अवार्डको सम्झना गरिरहेछु । त्यतिबेला मलाई निर्देशन थाहा थिएन, कसरी लड्ने र अभिनय गर्ने मात्र थाहा थियो । यो मानार्थ अवार्डले मेरो भावनालाई नयाँ उचाइमा लगेको छ ।’
10 dislike 0

Facebook Comments
Fate of the furious 8Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Radhe
Voting Poll
Sorry, voting poll not found.