Font   font-increse   font-dicrese

फिल्म समिक्षा : द वीनर
विष्णु शर्मा

विष्णु शर्मा

पछिल्लो समय विश्व फिल्ममा मिस भैरहेको एउटै तत्व हो –फिल्म सौन्दर्य । फिल्म सौन्दर्य आवरण होइन, व्याकरण हो । भारतीय र अमेरिकी फिल्महरु यो संकटबाट गुज्रिरहेका छन् । पछिल्लो शुक्रबार सहरमा रिलिज भएको घरेलु फिल्म 'द वीनर' हेर्दा ठ्याक्कै यही लाग्छ । 'द वीनर'लाई एक वाक्यमा भन्न सकिन्छ : 'यो आवरण हो, गुदी होइन ।' यसो भनिरहँदा हामी फिल्म सौन्दर्यलाई परिभाषित गर्ने सिद्धान्त र दृश्यभाषाको बहस गरिरहेका छौं । 
 
 
 
 
'द वीनर'को केन्द्रिय द्धन्द्ध बदला हो । हामीले जन्मेदेखि नै बदलामाथि अनेकौं फिल्म हेरिसकका छौं । एक मोटरसाइकल धावकले बदलाको लागि गर्ने संघर्ष 'द वीनर' हो । चित्र ग्लसी छन् । सिनेमा लिबर्टी पोतिएको छ । पात्रहरु स्टेटभन्दा माथि लाग्छन् । फेन्टासी चित्रणले हिक्मत विष्ट निर्देशित फिल्मलाई धनी तुल्याएको छ । तर, यी सबै शरिर हुन्, हामीलाई चाहिएको आत्मा (सोल) हो । आत्माको अर्थ आख्यान संरचना हो । 
 
'द वीनर' फिक्सनको सामान्य संरचनामा छैन । अर्थात, सिनेम्याटिक भाषामा यसलाई कमजोर पटकथा भन्न सकिन्छ । खस्किएको पटकथाले फिल्मलाई 'वीनर' बन्न दिएको छैन । केन्द्रिय द्धन्द्ध स्थापित नहुँदा मुख्य पात्र रायन (महेश श्रेष्ठ) दिशाहिन छ । तर, सतर्कतापूर्वक यहाँ उल्लेख गर्नु यो जरुरी छ कि, मुख्य पात्र र मुख्य एन्टी-हिरोलाई जसरी स्थापित गरिएको छ, सहायक पात्रहरु तीभन्दा बलशाली महसुस हुन्छन् । यसले फिल्म हामीकहाँ चलेको जस्तो 'थ्री-एक्ट' संरचनामै छैन । 
 
लक्ष्य, संघर्ष र संरचनामै नभएपछि फिल्म अन्यौल सोचको अन्यौल उत्पादन बनिदिएको छ । यसमाथि मस्तिष्क कसरत गर्नु बेकार हुन आउँछ । तर, केही वस्तुगत र विषयगत पक्ष छन् जसमाथि हामीले सिंहावलोकन गर्नु जरुरी छ । छायांकन र सम्पादन फिल्मको बलियो पक्ष हो । यी दुईसँग मिलाइएको पाश्र्वध्वनीले दर्शकलाई इन्गेज तुल्याउँछ तर भावना प्रवाह प्रदान भने गर्दैन । जहाँ भावना हुँदैन, त्यहाँ आत्मा हुँदैन । स्टाइलिस बन्नु कलाको लागि सबैभन्दा खतरनाक कुरा हो । बरु, स्टाइलिस प्रयत्नको साटो फिल्मको व्याकरण स्थापनामा प्रयत्न जरुरी थियो । 
 
'द वीनर'ले नेपाली सिनेमालाई 'लार्जर द्यान लाइफ'को बाटोमा अघि बढाउने जमर्को गरेको छ । हामी भर्खर जानरामा रहेर समाजका कथा भन्दैछौं । यही मेसोमा यो एक्सन ड्रामा फिल्म यो पक्षमा सकरात्मक अवश्य हो । यसले कम्तीमा पनि डायस्पोराको नेपाली समाजको लुकेका 'डार्क पाटा'लाई उत्खनन गरिदिएको छ । नेपाली फिल्म बितेको दशकमा स्टाइलिस बनाउने प्रयत्नमै लाग्यो तर, उसले कथा भन्ने शैलीमा सुधार गर्न सकेन । हामी यहाँ चुक्यौं । 
 
'द वीनर'का मुख्य पात्रहरु कसैसँग पनि अभिनयको सुक्ष्मता महसुस हुँदैन । उनीहरु सतहीरुपमा भूमिका निर्वाह गर्दैछन् । दृश्य कम्पोज स्टाइलिस बनाउनेभन्दा पनि त्यसलाई सिनेम्याटिक अर्थ प्रदान गर्ने तर्फ निर्माण हुुनु जरुरी छ । किनभने, निर्दोष मानिसलाई 'ग्याङस्टर' बनाउने समाजले हो । त्यो समाजको चित्रण फिल्म स्थापनाको पूर्वसर्त हो । हामी रविन्सन क्रुसो भएर अर्थात समाजबाट अलग भएर न्यारेसन गर्न सक्दैनौं । फिल्म र समाज टापु होइनन बरु पुल हुन् ।
 
सिनेमा : द वीनर
रेटिङ : २/५
कास्ट : महेश श्रेष्ठ, मलिना जोशी, मन्छिन शाक्य
निर्देशक : हिक्मत विष्ट
  
6 dislike 0

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.