Font   font-increse   font-dicrese

फिल्म समिक्षा : डक्टर स्ट्रेन्ज
विष्णु शर्मा

विष्णु शर्मा

डक्टर स्टेफन स्ट्रेन्जको भूमिकामा देखिएका बेनेडिक्ट कम्बरब्याच फिल्मभित्र काठमाडौं आउनुको उद्देश्यबारे भन्छन् : पश्चिमा चिकित्सापद्दती असफल भएपछि, पूर्वीय उपचार खोज्दै लागि आएको हुँ ।’ संवादले पुरै फिल्म डक्टर स्ट्रेन्जको अर्थ बोकेको छ । 
 
 
 
 
मार्भल स्टुडियोको सुपरहिरो फिल्मको केन्द्रिय द्धन्द्ध नेपाली भूगोलसँग जोडिएको छ । कार दुर्घटनामा गम्भिर घाइते मुख्य पात्र उपचारका लागि काठमाडौं आउँदा उसको भेट शक्तिशाली बौद्ध भिक्षुणी (टिल्डा स्विन्टन)सँग हुन्छ जसको शिक्षणमा मुख्य पात्रले शक्ति प्राप्त गर्छ । उसको दायित्व दुर्घटनामा घाइते आफ्नो उपचार मात्र होइन, पूर्वीय घरेलु कलामार्फत सिंगो पृथ्वीलाई जोगाउनु हुन्छ । अनि सुरु हुन्छ मार्भल सुपरहिरोको जस्तै द्धन्द्धको सिलसिला । 
 
फेन्टासी फिल्म बनाउन अग्रणी मार्भल स्टुडियोका सुपरहिरो फिल्महरु पछिल्लो समय दार्शनिक लाग्न थालेका छन् । उनीहरु विज्ञान र दर्शनका कुरा गर्छन्, डक्टर स्ट्रेन्ज यस्तै एक फिल्म हो । हामीलाई स्कट डेरिक्सन निर्देशित फिल्मको संवाद जटिल र दर्शनयुक्त लाग्छन् । आत्मा, भौतिकता, चिकित्सा विज्ञान र पूर्वीय साधनाजस्ता एजेन्डा फिल्ममा छन् । हामीलाई स्टेफन हकिङको टाइम ट्राभल थ्योरी र सापेक्षताको सम्झना पनि गराउँछ । संरचना र शैली सुपरहिरोकै निरन्तरता हो तर, यसपटक यो सुपरहिरो पूर्वीय ज्ञान र प्राचिन शक्ति स्रोत खोज्दै नेपाल आइपुगेको छ । 
 
हलिउड सुपरहिरोको पूर्वी यात्रा अब बजारलाई लिएर मात्र होइन, पूर्वीय सभ्यतातर्फको आकर्षण पनि हो । नेपाली सम्पदा, कला र दर्शनलाई लिएर द्धन्द्ध उत्पन्न गराउनु खास पक्ष हो । हलिउडको विशेषता भनेकै कला र प्रविधिलाई जोडेर जीवन्त दृश्य भाषाको निर्माण गर्नु हो । डक्टर स्ट्रेन्जमा प्रयुक्त भीएफएक्स प्रविधिले दर्शकलाई स्वैरकल्पनाको यात्रा गराउँछ । सहर फोल्डिङ गरिएका दृश्य होस् वा आत्मालाई चित्रण गराउन खेलाइएका भीएफएक्स सट् सुन्दर छन् । बेनेडिक्ट कम्बरब्याच, चिवेटेल इजियोफर, रचेल म्याकआडम्स, बेनेडिक्ट वङको अभिनय सुन्दर छ । 
 
समग्रमा फिल्म औषत हो । नेपालमै छायांकन गरिएको र कथावस्तु पनि आंशिक नेपालकै भएकाले घरेलु दर्शकलाई रुचिकर लाग्न सक्छ । गम्भिर दर्शकका लागि फिल्म अवश्य मनपर्नेछ किनभने फिल्म दार्शनिक छ । फिल्मको कमजोर पक्ष : फिल्ममा बलियो द्धन्द्ध छैन । सुपरहिरो भन्ने वित्तिकै शक्तिशाली एन्टागोनिस्ट र प्रोटागोनिस्टको अपेक्षा गरिन्छ तर द्धन्द्ध औषत छ यसले भावनाको सम्प्रेषणमा अवरोध तुल्याएको छ । 
 
डक्टर स्ट्रेन्ज र नेपालबीच दुई कुराले अर्थ राख्छ । भूकम्प लगत्तै नेपाल भ्रमणका लागि विश्वभर असुरक्षित रहेको सन्देश प्रवाह भएको थियो । लगत्तै, नेपालमै छायांकन भएको डक्टर स्ट्रेन्ज फिल्मले नेपाल घुम्नका लागि सुरक्षित भएको सन्देश दिएको थियो । यसको कारण नेपालको पर्यटनमा टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ । अर्कोतर्फ, हलिउडको पूर्वीय दर्शनतर्फको चाख । नेपालले आफ्नै भूगोलमाथिको कथामा आँखा चिम्लनु हुँदैन अब । 
 
फिल्म : डक्टर स्ट्रेन्ज
रेटिङ : ३/५
निर्देशक : स्कट डेरिक्सन
कास्ट : बेनेडिक्ट कम्बरब्याच, चिवेटेल इजियोफर, रचेल म्याकआडम्स, बेनेडिक्ट वङ
लम्बाइ : ११५ मिनेट
 
20 dislike 1

Facebook Comments
Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Nirbhaya
Voting Poll
Sorry, voting poll not found.