Font   font-increse   font-dicrese

इकुले गरे ८ बालबालिका एडप्ट, डिभोर्सपछि इकुमा पलायो स्नेह

अभिनेता सुलेमान शंकर अर्थात इकु पर्दामा कमब्याक तयारीमा छन् । उनले निर्माण गर्ने अनटाइटल प्रोजेक्ट फिल्मांकन तयारीमा छ । तर, इकु अहिले समाजसेवी हुनुमा आनन्द लिइरहेका छन् । 

 

 

 
अहिले इकु ८ बालबच्चाका अभिभावक बनेका छन् । भूकम्प प्रभावित सिन्धुपाल्चोक, गोरखा र नुवाकोटका ती बच्चालाई उनले जोरपाटीमा आश्रय दिइरहेका छन् । पढाउने, खुवाउने र हेरचाह गर्ने इकु दिनचर्या अहिले जोरपाटीको स्नेह आश्रममा भेट्न सकिन्छ । 
 
 
 
 
‘यिनीहरुको भविष्य उज्वल नबनुन्जेलसम्म मसँगै हुनेछन् । भोलि यी बच्चा आफ्नै भविष्य बनाउन स्वतन्त्र छन्’ इकु अभिनेताले भने, ‘यसलाई एडप्टेसन नै मान्नूस, यो आश्रय मात्र होइन ।’
 
 
 
 
साढे दुईदेखि १३ वर्ष उमेरका बच्चाका अभिभावक बनेका सुलेमान आफूले पुनर्जीवन दिएको बताउँछन् । पुस २० गतेदेखि उनको फिल्म सुटिङ तयारीमा छ । अघिल्लो फिल्म लाली भने पोस्टपोन्ड भएको छ । 
 
उनमा बालबालिका स्याहार्ने स्नेह भने त्यत्तिकै पलाएको होइन, वास्तविक जीवनमा उनले गतवर्ष पत्नीसँग डिभोर्स खेपे । अहिले एकल जीवन बाँचिरहेका छन् । 
8 dislike 0

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.