Font   font-increse   font-dicrese

निखिल उप्रेती भन्छन् : पोर्न मात्र अग्र्यानिक फिल्म हुन्छ

अभिनेता निखिल उप्रेतीले पछिल्लो समय नेपाली सिनेमामा क्वाइन भैरहेको शब्द अग्र्यानिकलाई अश्लिल चलचित्र (पोर्न)सँग तुलना गरेका छन् । उनले अग्र्यानिक पोर्न फिल्ममा मात्र हुने भन्दै विवादास्पद टिप्पणी गरेका हुन् । 

 

 

 
सोमबार आफूले निर्माण गर्न लागेको सिनेमा रुद्रको घोषणा समारोहमा उनले भने, ‘अग्र्यानिकको कुरा नै गर्ने हो भने, पोर्न फिल्ममात्र अग्र्यानिक हो त्यहाँ न्युड हुन्छ, लुगा हुँदैन र त्यो प्राकृतिक हो । मेरो चलचित्र आर्टिफिसियल (कृत्रिम) नै हो ।’
 
उप्रेतीले आफ्नो सिनेमालाई व्याख्या गर्ने क्रममा यस्तो अभिव्यक्ति दिएका हुन् । मौलिकतालाई परिभाषित गर्ने क्रममा अहिले अग्र्यानिक शब्द चल्तीमा छ । उप्रेतीको यो अभिव्यक्तिलाई मौलिक सिनेमा र त्यसको बजारप्रतिको असन्तुष्टिको रुपमा लिन सकिन्छ । 
0 dislike 5

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.