Font   font-increse   font-dicrese

ब्राड पिट स्टारर 'अलाइड' ट्रेलर रिलिज
मेरोसिनेमा, २० असोज (काठमाडौं)

दोस्रो विश्वयुद्धमाथि बनेको ब्राड पिट र मारियन कर्टिलार्ड निर्देशित सिनेमा 'अलाइड'को अफिसियल ट्रेलर रिलिज भएको छ । पिटले फिल्ममा जासुस अफिसर म्याक्स भेटनको भूमिकामा अभिनय गरेका छन् । 

 

 

 
जो, फ्रान्सेली लडाकु मारियन बेसुजरेको प्रेममा पर्छन् । यो रोलमा मारियन कर्टिलार्डले अभिनय गरेकी छन् । विवाहपछि यो जोडी लन्डन पुग्छ जहाँ भेटनलाई लाग्छ, उनकी पत्नीले केही खतरनाक रहस्य लुकाएकी छन् । 
 
फिल्मकी हिरोइन कर्टिलार्ड र पिटबीच अफेयरको हल्ला चलेको थियो । यही हल्लाले गर्दा एन्जेलिना जोलीसँग उनको ब्रेकअप भएको अनुमान थियो । तर, कर्टिलार्डले खण्डन गरेकी छन् । 
 
16 dislike 0

Facebook Comments
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.