Font   font-increse   font-dicrese

भारतद्धारा पाकिस्तानी कलाकार र प्राविधिकलाई काम गर्न प्रतिबन्ध

भारतीय चलचित्र निर्माता संघले पाकिस्तानी कलाकार र प्राविधिकलाई अन्तरिम कालका लागि भारतमा कार्य गर्न प्रतिबन्ध लगाएको छ । टाइम्स अफ इन्डियाका अनुसार संघले यो निर्णयसहितको बिल पनि पास गरेको छ । 

 

 

 
कास्मिरमा केही दिनदेखि भैरहेको हिंसात्मक झडपको समयमा बलिउडबाट यस्तो निर्णय भएको हो । सेप्टेम्बर १८ मा हतियारधारी दुई आतंकवादी भारत प्रशासित कास्मिरमा घुसेर १८ भारतीय सैनिकको हत्या गरेका थिए । विहिबारदेखि भारतीय सेनाले पाकिस्तानी सीमाभित्र पसेर गरेको सर्जिकल काउन्टरमा दुई पाकिस्तानी सेनाको मृत्यु भएको छ । 
 
आणविक शक्ति सम्पन्न यी दुई देशबीचको अवस्था सामान्य नभएसम्म पाकिस्तानी कलाकार र प्राविधिकलाई काम गर्न नदिने बलिउडको निर्णय बाहिर आएको हो । महाराष्ट्र नवनिर्माण सेनाले सेप्टेम्बर २५ सम्म भारत छाड्न पाकिस्तानी कलाकारलाई धम्की दिएको थियो । 
0 dislike 20

Facebook Comments
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.