Font   font-increse   font-dicrese

सृष्टि र सौगात गम्भिर अफेयरमा ? भेटिए मूभि डेटमा !

सौगात मल्ल र सृष्टि श्रेष्ठबीच अफेयरको गाइँगुइँ चलेको छ । यो जोडी केही महिनादेखि लगातार डेटिङ गरिरहेको छ । यो जोडी आइतबार फिल्म झुम्की हेर्न २ बजे कुमारी हल पुगेको थियो ।

 

 

 
क्याजुअल ड्रेसमा सौगात र सृष्टि हल पुगे । उनीहरुलाई केही मिडियाकर्मीले पनि देखे । पुरै समय फिल्म हेरिसकेपछि उनीहरु बाहिरिए । सौगातलाई आफ्नै कारमा ल्याएकी सृष्टिले बिग मूभिजमा गाडी पार्क गरेर कुमारीमा फिल्म हेर्न पुगेकी थिइन् । 
 
यी जोडी केही महिनादेखि सँगै देखिएको छ । सृष्टिलाई भेट्न केही साताअघि सौगात पोखरा हानिएका थिए । सृष्टिले पनि समुन्द्री किनारको बालुवामा एस प्लस एस लेखेर संकेत दिएकी थिइन् । 
 
गाजलु डेब्यु गर्ल र अभिनेता मल्लले भने खुलेरै सम्बन्धलाई स्वीकारेका छैनन् । निकट स्रोतका अनुसार उनीहरु अफेयरमा रहेको बताउँछन् । 
20 dislike 0

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.