Font   font-increse   font-dicrese

एन्जेलिना जोली र ब्राट पिटद्धारा डिभोर्स !

 ब्रान्जेलिनाको डिभोर्सको खबरले हलिउड तातेको छ । विश्वकै आदर्श जोडी मानिने एन्जेलिना जोली र ब्राड पिटको डिभोर्स तयारीले विश्व मिडियामा ठूलै कभरेज पाएको छ । 

 

 

 
जोलीले अभिनेता पतिबाट सम्बन्ध विच्छेद माग गर्दै मंगलबार डिभोर्स पत्र अदालतमा दर्ता गरेकी छन् । जोलीका वकिलले विवाह विगठनको माग गर्दै अभिनेत्रीले पत्र दर्ता गरेको बताए । 
 
सन् २००२ देखि सँगै बस्न थालेको जोडीले सन् २०१४ मा मात्र विहे गरेका थियो । ‘पारिवारिक स्वास्थ्यलाई ख्याल गर्दै यो निर्णय लिइएको हो’ डिभोर्सबारे जारी संयुक्त विज्ञप्तीमा उल्लेख छ । 
 
५२ वर्षे पिट र ४१ वर्षे जोलीसँग ६ सन्तान छन् । ती आफै जन्माएका र तीनलाई धर्म सन्तान ग्रहण गरिएको हो । १२ वर्षसम्म यो जोडीलाई विश्वकै आदर्श जोडीको रुपमा चर्चा गरिएको थियो । 
0 dislike 8

Facebook Comments
KIngsman : The Golden Circle
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
teenage
Voting Poll
Sorry, voting poll not found.