Font   font-increse   font-dicrese

रणदीप हुडाले भेटे नेपाली समुदाय !
मेरोसिनेमा, ३१ साउन (काठमाडौं)

बलिउड अभिनेता रणदीप हुडाले अमेरिकास्थित डायस्पोरामा नेपाली फिल्ममेकरसँग भेटेका छन् । सनफ्रान्सिस्कोमा सम्पन्न फग फेस्टिभलको पार्टी र समारोहमा हुडाले नेपाली समुदायलाई भेटे ।

 



उनले पार्टीबाट केही सेल्फी पनि पोस्टिएका छन् । भारतीय र नेपाली आयोजक मिलेर फग आयोजना गरेका हुन् जहाँ उनी बलिउड अभिनेता गुल्सन ग्रोवरसँग उपस्थित थिए ।

भेटमा नेपालीसँग हुडाले गतवर्ष नेपाल आउँदाखेरिको स्मरण सुनाएका थिए । उनलाई आयोजक प्रमुख राजेन गिरी लगायतले भेटे । गतवर्ष हुडा चाल्र्स शोभराजको जीवनमा आधारित फिल्मको सिलसिलामा काठमाडौंमा थिए ।

गत महिना नेपालमा रिलिज भएको उनी अभिनित सिनेमा सुल्तानले बक्सअफिसमा १० करोड कमाएको थियो । फिल्ममा उनी सलमान खानको प्रशिक्षकको रोलमा थिए ।
 

0 dislike 1

Facebook Comments
Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Nirbhaya
Voting Poll
Sorry, voting poll not found.