Font   font-increse   font-dicrese

महानायक विवाद फेरि चर्कियो, भुवनले भने -मै महानायक !

यस्तो लाग्छ, महानायकको विवाद टुंगिने छैन । पुनः भुवन केसी र राजेश हमालबीच महानायक विवाद सुरु भएको छ ।

 



एक टिभी कार्यक्रममा पत्रकार ऋषि धमलासँग भुवनले आफू महानायक भएको बताएपछि विवाद पुनः सिर्जना भएको हो । ‘महानायक को भनेर तपाईंले नेपाली दर्शकलाई सोध्नुहुन्छ भने तपाईंले जवाफ पाउनुहुनेछ भुवन केसी भनेर’ भुवनले धमलालाई भने ।

केसीले अन्य अभिनेताले नेपाली सिनेमामा योगदान नदिएको दाबी समेत गरे । उनले राजेश हमालको नाम नलिइकनै उनीप्रति टिप्पणी गरेको बुझ्न कठिन छैन । यसअघि महानायक को भन्ने कुरालाई लिएर पटक पटक चर्चा हुने गरेको छ ।

मिडियाले भने, हमाललाई महानायक भन्दै आइरहेका छन् । चलचित्र प्राविधिक संघले हमाललाई महानायकको उपाधि नै दिइसकेको छ । सार्वजनिक कार्यक्रममा सितिमिति नबोल्ने भुवन र राजेश पछिल्लोपटक नेफ्टा फिल्म अवार्डको हङकङ समारोहमा सँगै थिए ।
 

0 dislike 20

Facebook Comments
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.