Font   font-increse   font-dicrese

सुस्मिता र भुवनबीच शुभकामना साटासाट, अनमोल मुस्कुराए

'म त तिम्रै हुँ'को सोमबारे प्रेसमिट अर्को एक गसिपले पनि चर्चित बन्यो । पात्रहरु पुरानै थिए भुवन केसी र सुस्मिता केसी । प्रश्नोत्तरीमा भुवन र सुस्मिताबारे पनि प्रश्न पोखिए ।

 



फिल्म सफलताका लागि भुवनले अनमोलमार्फत पूर्वपत्नी सुस्मितालाई शुभकामना पठाए । मंचबाटै सुस्मिताले पनि भुवनलाई धन्यवाद फर्काइन् । उपस्थित पुत्र अभिनेता अनमोल केसी आमा र बुवाको यो कम्युनिकेसनमा मुस्कान छर्दै थिए ।

छोराका लागि पनि तपाईंहरु किन मिल्न सक्नुभएन ? सोधिएको प्रश्नमा सुस्मिताले कुटनीतिक र ठट्यौली जवाफ दिइन् । ‘ऊ लिन आउँछु पनि भन्छ र सँधै पेट्रोल सकिएको पनि बताउँछ’ सुस्मिता भन्छिन् ।

अनमोलले पनि आफ्नो कारणले मात्र आमाबुवाबीच प्याचअप सम्भव नरहेको बताए । ‘मैले चाहेर मात्र हुने होइन, उहाँहरुबीच कुरा मिल्नुपर्छ’ अनमोलले भने । 
 

43 dislike 4

Facebook Comments
Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Nirbhaya
Voting Poll
Sorry, voting poll not found.