Font   font-increse   font-dicrese

'तीन घुम्ती' सामाजिक कथामा घोलिएको राजनीति : ध्रुव दत्त

अभिनेता ध्रुव दत्तलाई लाग्छ अभिनय यथार्थ र जीवन्त हुनुपर्छ । उनी अभिनित सिनेमा 'तीन घुम्ती' असार १७ गते देशभर रिलिज हुँदैछ । विश्वेश्वरप्रसाद कोइराला लिखित उपन्यासलाई बाबुराम ढकालले निर्देशन गरेका हुन् । दत्तले मेरोसिनेमासँग संक्षिप्त कुराकानी गरे ।

 



मुख्य पात्रमा आफूलाई ढाल्न कसरी तयारी गर्नुभयो ?
मलाई लाग्छ, यो पात्रमा देखिन पाएकोमा म आफूलाई भाग्यमानी सम्झन्छु । मलाई यो सम्झँदा पनि खुशि लाग्छ । मानसिकरुपमै आफूलाई तयार पारेँ । सुरुमा उपन्यास पढेपछि स्क्रिप्ट पनि पढेँ । त्यसपछि कार्यशालामा गएँ । पात्रमा निपुण हुन सोहीअनुसार प्रस्तुत भएँ ।

यो सामाजिक वा राजनीतिक सिनेमा हो ?
म यसलाई राजनीतिक फिल्म भन्दिँन । अभिनय मात्र गरेको हुँ । हाम्रा बा र हजुरबा पुस्ताले भोगिसकेको कालखण्ड हो । उनीहरु राजनीतिमा पनि औधी रुचि राख्थे । उनीहरु देशबारे चिन्तित थिए । हामीले उपन्यासमा केही राजनीतिक रङ घोलेर फिल्म बनाएका छौं । बीपी कोइरालाले लेखेको फिल्म भएकाले पनि मान्छेले यसलाई राजनीतिक फिल्म भनेका हुन् ।

कृतिमा आधारित सिनेमाको मुख्य समस्या भनेको यसलाई दृश्य भाषामा रुपान्तरण गर्नु हो । तीन घुम्ती यसबाट कति मुक्त छ ?
वर्तमानमा बाँचेर भूतको बारेमा सोच्नु निकै जटिल कुरा हो । यस्तो कठिनामाइ आफूलाई पात्रमा फिट गराउनु कष्टकर थियो । यद्यपी, हामीसँग स्पष्ट दृष्टिकोण र योजना थियो । सिनेमालाई उचाइमा स्तरिय तुल्याउन हाम्रा युनिटले मिहेनत गरेका छन् । दर्शकलाई फिल्म चित्त बुझ्ने कुरामा म विश्वस्त छु ।

फिल्म निर्माण र अभिनयको योजना कस्ता छन् ? ओभरसिजबाट नेपाली सिनेमालाई कसरी योगदान दिनुहुन्छ ?
कलाकारिताबाट अलग भएर सोच्नुपर्दा पनि मैले उद्योगको लागि योगदान दिनेछु । अहिले हाम्रो उद्योग फराकिलो र ठूलो बनिरहेको छ । दर्शक बढेका छन् । मलाई लाग्छ, हामीले हाम्र्रै फिल्मबाट दर्शकलाई मनोरन्जित तुल्याउन सक्छौं । भविष्यमा हामीले केही प्रोजेक्ट पनि गर्दैछौं । फिल्म निर्माणको पक्ष पनि हुनसक्छ । विदेशी भूमिमा नेपाली फिल्मको प्रवद्र्धन जरुरी छ । मैले सक्दो गरिरहेको छु ।

स्रोत : मूभिमान्डु डटकम

22 dislike 6

Facebook Comments
KIngsman : The Golden Circle
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.