Font   font-increse   font-dicrese

हलिउड फिल्म जेम्स बन्ड हिरोइनले भेटिन नेपाली सांसद

हलिउड सिनेमा जेम्स बन्ड अभिनेत्री मिचेल यो पुनः काठमाडौं आइपुगेकी छन् । राष्ट्रसंघिय विकास नियोग युएनडीपीकी ब्रान्ड एम्बेसडर समेत रहेकी उनले शुक्रबार नेपाली सांसहरुसँग भेटिन् ।

 



युएनडीपीद्धारा जारी विज्ञप्तीमा उनले प्राकृतिक प्रकोप, द्धन्द्ध र क्षति न्यूनीकरण तथा शिक्षामा सहयोग गर्न संस्थाको वचनबद्धता सुनाइन् । उनले प्राकृतिक र सांस्कृति सौन्दर्यमा धनी नेपालले भोग्नुपरेको भूकम्पको क्षतिप्रति दुःख व्यक्त गरिन् ।

भूकम्पपछि योको आगमन दोस्रोपटक भएको हो । उनीसँग संसद सचिवालय सचिव मनोहर भट्टराई, व्यवस्थापिका संसद सदस्य गगन थापा लगायतले भेट गरे ।

 



चिनियाँ मुलकी मलेसियन अभिनेत्रीले फिल्मी करियर हङकङदेखि सुरु गरेकी हुन् । सन् १९९७ मा पिपुल म्यागजिनले उनलाई संसारका ५० सुन्दरीको सूचिमा राखेको थियो । जेम्स बन्ड फिल्म टुमरो नेभर डाइज (१९९७), पुलिस स्टोरी ३, द लेडी, द म्याट्रिक्स उनका चर्चित सिनेमा हुन् ।

11 dislike 0

Facebook Comments
Fate of the furious 8Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Radhe
Voting Poll
Sorry, voting poll not found.