Font   font-increse   font-dicrese

अदालतद्धारा 'उड्ता पंजाब'लाई राहत, १३ ठाउँमा सेन्सर कैंची

मुम्बइ उच्च अदालतको आदेशपछि सिनेमा उड्ता पंजाब समयमै रिलिज हुने भएको छ । १३ दृश्य र ध्वनीमा कटौती गर्न अदालतको आदेश आएपछि निर्धारित मितिमै रिलिज हुने शंका मेटिएको छ ।

 



फिल्मको मौलिकतामा कुनै असर नपुग्ने गरि दृश्य काट्न आदेश दिएको न्यायाधीश एससी धर्माधिकारी र शैलिनी जोशीको संयुक्त इजलासको बयानमा उल्लेख छ ।

फिल्मले एडल्ट सर्टिफिकेट पनि प्राप्त गरेको छ । शाहिद कपुर, आलिया भाट, करिना कपुर खान स्टारर फिल्म आउँदो शुक्रबार रिलिज हुँदैछ । एकता कपुरले निर्माण गरेको फिल्मलाई क्राइम र थ्रीलर जानरामा राखिएको छ ।

लागुऔषधमाथिको कथावस्तुमा आधारित फिल्मलाई लिएर पंजाबका बासिन्दाले विरोध गरेका थिए । सेन्सर बोर्डले थुप्रै ठाउँमा काट्ने बताएपछि निर्माता अदालत पुगेका थिए ।

0 dislike 11

Facebook Comments
KIngsman : The Golden Circle
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
teenage
Voting Poll
Sorry, voting poll not found.