Font   font-increse   font-dicrese

मिडिया र प्रोड्युसरको विभेदमाथि गौरव स्पष्टीकरण (राउन्डटेबल)

खिरिलो ज्यान । कर्ली स्टाइलको हल्का लामो कपाल । मुहारमा खस्ने मुस्कान र अभिनयको हुटहुटी । मन्जरी हेर्दैदेखि गौरव पहारी दर्शकको आँखामा नोटिस भएका थिए ।

 



उनको छैठौं फिल्म गाजलु २८ जेठमा रिलिज हुँदैछ । यसैसाता हात्तीसारको सोसाइटी क्याफेमा यी ठिटाले अभिनय र सपनाबारे मीठा बात मारे । प्रोड्युसरले फिल्म पब्लिसिटीमा स्थान नदिएकोप्रति उनी क्रुद्ध थिए र मिडियासँग कुरा गर्न स्वयम अघि सरे ।

पोस्टर र ट्रेलरमा स्थान नदिइएको भन्दै उनले चित्त दुःखेको बताए । ‘यो भन्दा अर्को चित्त दुख्ने कुरा कलाकारलाई के हुन्छ’ उनी सुनिए, ‘निर्देशक र निर्माताले लिड एक्टरलाई मात्र मौका दिँदा के हुन्छ ? यो ठीक भएन ।’

गाजलुमा उनी एक म्याचुअर पात्र छन् । उनी सबैलाई ह्यान्डिल र केयर गर्न खोज्छन् । बैंकमा काम गर्छन् । कसैले गाजलु ट्रेलरमा तँ कहाँ छस् ? भनेर सोध्यो भने उनीसँग रेडिमेड जवाफ छ –रातो कपडा लगाएको र यस्सो घुम्ने एउटा थियो नि । त्यो म हुँ ।’

उनले सहायक अभिनेताबाटै अवार्ड जिते । यसमा पनि सहायक पात्र छन् । तर, सहायक पात्रलाई विभेद गर्ने मिडिया र प्रोड्युसर प्रवृत्ति उनलाई चित्त बुझेको छैन । अनमोल केसी र गौरवले होस्टेलबाटै प्रसिद्धीको दौड सुरु गरे । समयको गतिमा त्यही विभेद खरायो र कछुवाको दौड बनिदियो, उनलाई यस्तै लाग्छ ।

‘म कलाकार हुँ । साइड हिरो होइन’ उनको यो सीधा तर यथार्थ जवाफमा धेरै कुरा लुकेको छ । ‘मलाई आरोप लाग्ने गरेको छ –तँ सोलो हिरो भएको फिल्म खेल्दैनस्’ उनीसँग जवाफ छ, ‘मुम्बइबाट फर्कने बेला म हिरो होइन, कलाकार बन्न फर्किएको थिएँ । त्यो निर्णय अहिलेपनि सहि जस्तो लाग्छ । तर, म कहिले काहिँ अनलक्की पनि छु । अधकट्टी र उत्सवमा मलाई स्याडोमा पारिएकै हो ।’

उनी अनमोलबारे बोल्न चाहन्नन् । ‘हुनसक्छ, उसले तीनवटा सुपरहिट फिल्म दियो र उसलाई बढावा दियो, यो स्वभाविक हुनसक्छ’ गौरवलाई लाग्छ, ‘म आफ्नो कामप्रति इमान्दार छु । विभेदले खासै खिन्न पार्दैन ।’

कसैसँग अफेयरमा छु
उनी नाम हो, बदनाम हो, गुमनाम ना हो उखानबाट प्रभावित छन् । किनभने, अधिकांश हिरोइनसँग उनको नाम जोडिन्छ । उनीमाथि गसिप लेखिन्छन् र अनि हल्ला चल्छ ।

‘यी सबै गसिप हुन्’ उनले भने । उनले मेरोसिनेमामार्फत खुलासा गरे कि उनी कसैसँग अफेयरमा छन् तर नाम खुलाएनन् । तर, अन्य कुरालाई उनले गसिपको रुपमा व्याख्या गरे ।

बुवा कामबाट सन्तुष्ट होइसिन्छ
बरिष्ठ अभिनेता टीका पहारीको छोराको रुपमा गौरवले त्यो लिगेसीलाई हाँकिरहेका छन् । यसैवर्षभित्र उनी निर्माता समेत बन्दैछन् र भाइ सुलभले फिल्म निर्देशन समेत गर्दैछन् ।

‘मेरो अभिनय यात्रालाई देखेर बुवा खुशि होइसिन्छ’ भन्छन्, ‘घरमा फिल्मी कुरा हुँदैन तर, परिवार सन्तुष्ट भएरै घरबाटै फिल्म बन्न लागेको हो ।’ उनले बनाउन लागेको सिनेमाबारे जनाए जुन पछिल्लो समाचारमा अपडेट हुनेछ ।

हेमराजसँगको मित्रता अभिनयभन्दा पर
हेमराज निर्देशित फिल्म 'होस्टेल' गरेपछि गौरव उनको मित्रता निकै झांगियो । हेमराजकै 'गाजलु'मा उनी छन् । बन्न लागेको 'ग्याङस्टर ब्लुज'मा गौरव भिलेन बन्दैछन् ।

अभिनेतामा हुनुपर्ने पात्रात्मक विविधता हामीले उनमा पाउन सक्छौं । अहिलेसम्म हिरो र पजेटिभ पात्र बनेको ठिटा एकैपटक भिलेनमा जम्प गर्दा दर्शकको विश्वासमा डिभाइड नआउने गौरव ठम्याइ छ । ‘मलाई यसमा एक्सपेरिमेन्ट गर्न मन छ’ उनले भने ।

पढाइ सक्नूस, फिल्ममा आउनूस
अभिनयमा आउन खोज्नेलाई गौरवको केही सुझाव छ । पढाइ सकेर अभिनयमा आउन उनले सुझाए । उनी विधाको विशेषज्ञता आवश्यक देख्छन् ।

‘एक्टिङ सिकाएर सिक्ने होइन’ भन्छन्, ‘इमोसन ल्याउने र प्राविधिक कुरा बुझ्नेमा सिकाएर हुँदैन । यो प्राकृतिक स्वभाव र मिहेनतमा निर्भर हुन्छ ।’ डेब्यु फिल्ममा उनको अभिनयलाई क्रिटिक्सले समेत रुचाएका थिए ।

13 dislike 0

Facebook Comments
Fate of the furious 8Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Radhe
Voting Poll
Sorry, voting poll not found.