Font   font-increse   font-dicrese

अमेरिकी हिरोले चढे सगरमाथा
मेरोसिनेमा, १० जेठ (काठमाडौं)

अर्जेन्टाइन अभिनेता फाकुन्दो आरानाले सोमबार सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । १३ सदस्यीय आरोहण दलसँग उनी विहान चुचुरोमा पुगेको उनको व्यवस्थापन कम्पनी ट्यागनेपाल ट्रेक्सले जनाएको छ ।

 



यसअघि दक्षिण मोहाडाबाट चढ्न नसकेका उनी यसपटक भने उत्तरी मोहाडाबाट शिखर पुगेको ट्रेक्सका व्यवस्थापक गोविन्द गुरुङले मेरोसिनेमालाई बताए ।

उनीसँगै आरोहण दलमा अर्जेन्टाइन बिजनेसवुमन मारिया अलेजान्द्रो पनि संलग्न थिइन् । ४४ वर्षे आराना दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सिनेमा र नाटक अभिनयमा चर्चित छन् ।
 

0 dislike 0

Facebook Comments
Fate of the furious 8Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Radhe
Voting Poll
Sorry, voting poll not found.