Font   font-increse   font-dicrese

सात फोटो र भिडियोमा हेर्नूस 'राधा' फिल्मांकन, संचिता र जीवनको रसायन

इलामको श्रीअन्तु डाँडामा 'राधा' फिल्मांकन भइरहदा अभिनेत्री संचिता लुइँटेलले अघिल्लो हिट फिल्म 'छोडी गए पाप लाग्ला' पछि यो अर्को हिट हुने तर्क गरिन् । पाँचवर्षपछि संचिताको दाबी सेटमा सुनियो ।

 

 

 

 

 

 

 



सुटिङ कभरेज गर्ने क्रममा उनले कथाले दर्शकलाई रुवाउने बताइन् । जीवन लुइँटेलसँग पहिलो पटक अनस्क्रिन रोमान्स गर्ने मौका पाएकी उनले फिल्म मेकिङमा समेत निर्देशक योगेश घिमिरेको मिहिनेत देखिएको बताउँदै प्राविधिक पक्षमा पनि अब्बल हुने बताइन् ।

उनले भनेकी छिन् –‘योगेशजीसँग मैले सम्झना र सपुत गरी दुई फिल्ममा काम गरिसकेको हो । उहाँसंग पुनः काम गर्दा मेकिङ गर्ने शैलीमा परिवर्तन पाएँ जसलाई म प्रशंसा गर्छु ।’ श्रीअन्तुबाहेक भारत दार्जिलिङको मिरिक र झापाको विर्तामोडमा फिल्मांकन हुँदैछ ।

सबै छायांकन पूर्वाञ्चलमा हुनेछ । अभिनेता लुइँटेलले पनि राधाको कथालाई सशक्त बताए । वर्षमा दुई फिल्म खेल्ने उनले बताए । ‘स्क्रिप्टले मन छोयो र गरेँ’ उनले भने । नोटबुक र भुलभुलैयापछि जीवन र घिमिरेको तेस्रो टीमअप हो ।

 

11 dislike 0

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.