Font   font-increse   font-dicrese

आर्यनको डबल रोल पछाडिका रहस्य (होमवर्क प्रिभ्यू)

राम्रा नेपाली सिनेमा सँधै अखबारबाट जन्मने गरेका छन् । समाचारलाई गर्भ मानेर पटकथा लेखिने गरेका छन् । पशुपति प्रसाद, अधकट्टी, चपली हाइट, लुट सबै अखबारबाट जन्मिएका सिनेमा हुन् ।

 



होमवर्क समाचारबाटै जन्मिएको सिनेमा हो । निर्देशक नीरक पौडेलले मेरोसिनेमासँग पछिल्लो एजुकेसन ड्रामा फिल्मबारे कुरा खुलाए । ‘न्यूजपेपरमा एउटा आर्टिकल पढेको थिएँ । बुढाले एसएलसी दिएको खबर । त्यसबाट कन्सेप्ट जन्मियो’ उनले भने ।

उनले उक्त वृद्ध पात्रमा रसायन पैदा गरिएको बताउँदै आर्यनलाई उस्तै अनुहार निर्माणका लागि दोहोरो चरित्रमा प्रस्तुत गरिएको उल्लेख गरे । ‘छोरा आर्यनको भूमिकामा जसलाई पनि लिन सक्थ्यौं तर, केमेस्ट्री निर्माणका लागि उनैलाई लियौं’ उनले भने ।

पुस्तान्तरका लागि आर्यनलाई डबल रोलमा लिइएको नीरक कथन छ । ‘हामीले द्धन्द्ध जन्माउनका लागि पनि उनलाई त्यो भूमिकामा लिनुपर्ने जरुरी थियो’ उनले भने, ‘जेनेरेसन ग्यापले शिक्षालाई कसरी लिन्छ भनेर हामीले देखाउन खोजेका छौं ।’

‘ती दुई पात्र दुरुस्तै देखिन्छन् तर, भिन्न छन्’ आर्यन पात्रबारे उनले भने । रोचक कुरा के भने, नीरकले फिल्मभित्र कुनै पात्र पनि नेगेटिभ नरहेको बताए । तर, हामीलाई ट्रेलर हेर्दा लाग्छ, छोरा आर्यन नै नेगेटिभ हुन् । निर्देशक यस कुराको खण्डन गर्छन् ।

 



होमवर्क सबै दर्शकलाई : नीकिता

गोपिकृष्ण मूभिजको पछिल्लो उत्पादनलाई लिएर अध्यक्ष नीकिता पौडेल आशावादी सुनिइन् । उनलाई लाग्छ, होमवर्क हेर्न चाहने दर्शकबीच उमेर, पेशा र जातियताको पर्खाल उभिने छैन ।

‘कलेज, स्कुल, पेशा व्यवसायका मान्छेलाई समेत फिल्म उपयुक्त हुनेछ’ भाइ नीरक निर्देशित फिल्मबारे उनले भनिन्, ‘हामीले भिन्न विषयवस्तुमाथि फिल्म बनायौं यसपटक । यसले गर्दा सामाजिक उत्तरदायित्वको बोध भएको छ ।’

यसअघि मुलुकको जेठो सिनेमा संस्थाले प्रेमकथा र सूत्र शैलीका सिनेमा बनाउने गथ्र्यो । यसपटक भने उसले सामाजिक मुद्दाको उठान गरेको छ, त्यसमा पनि सहायक द्धन्द्ध प्रेमलाई बनाएर ।

मलाई बूढो पात्र प्रिय : आर्यन
सम्भवतः आर्यनको फिल्मी करियरमा यो एउटा एक्सपेरिमेन्ट हुनसक्छ । उनी आफ्नो मार्काबाट पछि हटेका छन् र पात्रमा आफूलाई मिसाइदिएका छन् । हामी उनको डबल रोलको कुरा गर्दैछौं ।

‘मैले बूढो पात्रमाथि रमाइलो र मिहेनत गरेँ’ उनले भने । उनलाई बूढो देखाउन गरिएको मेकअपका लागि चार घन्टा लागेको बताइन्छ । सँधै स्टेरियोटाइप अभिनयको आरोप खेपिरहेका आर्यनलाई क्रिटिक्समाझ होमवर्कले राहत दिने विश्वास गरिएको छ ।

27 dislike 27

Facebook Comments
Guardians of the galaxy2
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.