Font   font-increse   font-dicrese

प्रियंका चोपडा र लियोनार्दो डिकाप्रियो संसारकै प्रभावशाली व्यक्ति

अभिनेता लियोनार्दो डिकाप्रियो र अभिनेत्री प्रियंका चोपडा टाइम म्यागजिनको कभरमा छापिएका छन् । टाइमले संसारका सय प्रभावशाली व्यक्तिहरुको सूचि तयार पारेको छ जहाँ उनीहरु अटाएका छन् ।

 



६ वटा कभरमध्ये चारवटा कभरमा मनोरन्जन क्षेत्रका प्रख्यातहरु फिचरिङ छन् । हलिउड गायिका निक्की मिनाज र अभिनेता लिन म्यानुअल मिरान्डा पनि छापिएका छन् ।

अन्तराष्ट्रिय मुद्रा कोष प्रमुख क्रिस्टिन लागार्ड र फेसबुक संस्थापक मार्क जुकरवर्ग पत्नी प्रिसिला चानसँग छापिएका छन् । टाइमले आज बेलुका संसारका सय प्रभावशाली व्यक्तिको सूचि सार्वजनिक गरेको हो ।

 



प्रियंकालाई अमेरिकाको एबीसी टीभीबाट प्रसारण हुने सिरियल क्वान्टिकोमार्फत छनौट गरिएको हो जहाँ उनले एफबीआइ अफिसरको भूमिका निर्वाह गरेकी छन् । उनलाई हलिउड अभिनेता डाउने जोन्सनले सिफारिस गरेका हुन् । अभिनयसँगै वातावरण संरक्षणमा योगदान दिएको भन्दै टाइमले यसवर्ष अस्कर जितेका अभिनेता लियोनार्दो डिकाप्रियोलाई छानेको छ ।

26 dislike 0

Facebook Comments
Spiderman : Home Coming
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.