Font   font-increse   font-dicrese

'अवतार'का थप चार सिक्वेल घोषणा, पहिलो फिल्म सन् २०१८ मा

निर्देशक जेम्स क्यामरुनले 'अवतार'का चार सिक्वेल घोषणा गरेका छन् । यो घोषणामा यसअघि घोषित तीन सिक्वेल समावेश छैनन् ।

 



लस एन्जल्समा आयोजित सिनेमाकोन समारोहमा क्यामरुनलाई अतिथिको रुपमा डाकिएको थियो । आयोजकले उनलाई सरप्राइज अतिथिको रुपमा प्रस्तुत गरेका थिए ।

‘हामीले बृहत सिनेम्याटिक प्रक्रिया थालेका छौं’ क्यामरुनले भने, ‘हामीले थप चार सिक्वेल बनाउन चाह्यौं । अवतारको कथा भन्न हामीलाई तीन सिक्वेलले मात्र पुगेन ।’

यससँगै अवतार सिक्वेल संख्या सात पुगेको छ । अवतार २ लाई सन् २०१८ को क्रिसमसमा रिलिज गर्ने तयारीमा जेम्स जुटेका छन् । क्रमशः २०, २२ र २३ मा सिनेमा रिलिज गर्ने उनको योजना छ ।

‘म उत्कृष्ट पटकथा लेखकहरुसँग काम गर्दैछु’ उनले भने, ‘अवतारको संसारलाई डिजाइन गर्न हामीले पात्र, प्राणी, वातावरण र नयाँ संस्कृतिमाथि काम गरिरहेका छौं ।’ सन् २००९ मा रिलिज भएको अवतारले २.८ विलियन डलर कमाएको थियो ।

14 dislike 0

Facebook Comments
KIngsman : The Golden Circle
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.