Font   font-increse   font-dicrese

पनामा पेपर प्रकरण : अमिताभदेखि ज्याकी च्यानसम्म मुछिए

पनामा पेपर प्रकरणमा अस्कर अवार्ड विजेता निर्देशक, हलिउड अभिनेता ज्याकी च्यानदेखि बलिउड अभिनेता अमिताभ बच्चन र बुहारी ऐश्वर्या रायसम्म मुछिएका छन् ।

 



अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार यी सेलेव्रिटीका कतिपय संस्था भर्जिन आइसल्यान्डमा दर्ता थिए । विश्वलाई नै चकित पार्ने गरि सोमबार पनामा पेपर नामले आर्थिक सूचना चुहावट भएपछि शक्तिशाली नेता, व्यापारीदेखि  सेलेव्रिटीसम्म मुछिएका छन् ।

अस्कर अवार्ड विजेता स्पेनी निर्देशक पेड्रो अल्मोडोभरको नाम पनि समावेश छ । सन् २००३ मा सिनेमा हब्ला कोन एल्लाबाट पेड्रोले उत्कृष्ट पटकथा विधामा अस्कर अवार्ड जितेका थिए ।

उनले सन् १९९१ देखि सन् १९९४ मा ब्रिटिस भर्जिन आइल्यान्डमा ग्लेन भ्याली कर्पोरेसन नामक संस्था खोलेका थिए । तर, आफ्नो पेशा अनुसार फिट नभएको भन्दै उनले केही वर्षपछि संस्था नै बन्द गरिदिए ।

इन्डियन एक्सप्रेसका अनुसार अमिताभ बच्चनको नाममा सन् १९९३ मा बहमास र भर्जिन आइल्यान्डमा चार पानी जहाजका कम्पनी दर्ता थिए । पनामा ल फर्मबाट च्याकी च्यानले ६ वटा संस्था चलाएको उल्लेख छ ।

0 dislike 0

Facebook Comments
Fate of the furious 8Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Radhe
Voting Poll
Sorry, voting poll not found.