Font   font-increse   font-dicrese

यसवर्ष ६७ फिल्म रिलिज, उद्योगमा ३० करोड लगानी (बिजनेस टक)

चलचित्र विकास बोर्डले वर्ष २०७२ मा रिलिज हुने नेपाली, भारतीय र हलिउड सिनेमाको तथ्यांक सार्वजनिक गरेको छ । बोर्डद्धारा जारी विज्ञप्तीमा यसबारे उल्लेख छ ।

 



यसवर्ष ६७ नेपाली सिनेमा प्रदर्शन भएका छन् । भूकम्पका कारण दुई महिना कुनैपनि सिनेमा चलेनन् । ३० हलिउड, ४७ बलिउड र एउटा भोजपुरी सिनेमा नेपालमा रिलिज भए ।

चैत २६ गतेसम्म रिलिज हुने सिनेमाको सूचि यसमा समावेश छ । तथ्यांकलाई आधार मान्दा वर्ष २०७२ मा नेपाली फिल्ममा कूल ३३ करोड ५० लाख रुपैयाँ लगानी भएको देखिन्छ ।

यो लगानीमा करिब २० देखि २५ प्रतिशत मात्र रिकभर भएको छ । ड्रीम्स, रेशम फिलिली, होस्टेल रिटन्र्स, पशुपति प्रसाद, प्रेमगीत, क्लासिक, कबड्डी कबड्डीले लगानी रिकभरमा योगदान दिए ।

राजवल्लभ कोइरालाको फिल्म हाइवे टु धम्पुसलाई हलिउडमा गणना गरिएको छ । एभरेस्ट र जेम्स बन्ड फिल्म स्पेक्टर वर्ष २०७२ मा नेपालमा सर्वाधिक कमाउने विदेशी फिल्म बने ।

बाहुबली, बजरंगी भाइजान, बाजीराव मस्तानी यसवर्ष नेपालमा बढी कमाउने हिन्दी सिनेमा बने । यसवर्षपनि हलिउड र बलिउडले नै नेपालबाट पैसा विदेश लगेको देखिन्छ ।
 

11 dislike 6

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.