Font   font-increse   font-dicrese

पारस खड्काले रिलिज गरे 'च्याम्पियन' ट्रेलर पोस्टर

क्रिक्रेटरको जीवनमाथि बनेको सिनेमा ‘च्याम्पियन’को ट्रेलर र पोस्टर रिलिज भएको छ । आयोजित प्रेसमिटमा नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्काले ट्रेलर सार्वजनिक गरे ।

 

 



आफूलाई कुनैबेला फिल्मको हिरो बन्न आएको प्रस्ताव सम्झँदै उनले आफूले फिल्मलाई मनोरन्जनको रुपमा मात्र लिने गरेको बताए । क्रिकेट मात्र नभएर खेललाई लक्षित गरि फिल्म बनाउन सुझाउँदै उनले हलमा आएर सिनेमा हेरिदिन अपिल गरे ।

पारसले सिनेमाको प्रवद्र्धनमा पनि सघाउने भएका छन् । यो सिनेमा नेपाली खेलकुदमा समेत बेन्चमार्क बन्ने उनले बताए । खेलकुद मन्त्रालयका सहसचिव चुडामणी पौडेलले नेपालले लगातार अन्तराष्ट्रिय खेल जित्नु र फिल्म रिलिज हुनु सुखद संयोग भएको बताए ।

 

 

 



फिल्मका मुख्य पात्र दिक्पाल कार्कीले करियरमै कठिन पात्रको भूमिकामा आफू देखिएको बताए । ‘शारीरिक र मानसिक दबाबमा रहेर फिल्म खेलेको हुँ’ उनले भने, यसमा आर्ट्स मात्र नभएर एक्सन, रोमान्स र द्धन्द्ध सबै समेटिएको छ ।

कुनैबेला ‘द लास्ट किस’ निर्देशन गरेका बीबी फुयाँल निर्देशनमा कमब्याक भएका छन् । फिल्मले क्रिकेटको विकासमा हुने राजनीतिक घुसपैठको विरोध गरेको बताए । ग्राफिक्सका कारण फिल्म निर्देशनमा अघिल्लाभन्दा कठिनाइ भएको उनले बताए ।

मन्जिता केसी, जेएन घिमिरे, जगत टमाटा, शारदा आचार्य लगायतको अभिनय रहेको सिनेमालाई रीता पोखरेलले निर्माण गरेकी हुन् । पवन गौतमको छायांकन, कृष्ण पोखरेलको पटकथा रहेको फिल्म फागुन १४ गते देशब्यापी सार्वजनिक हुँदैछ ।

 

20 dislike 9

Facebook Comments
Guardians of the galaxy2
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.