Font   font-increse   font-dicrese

झम्सिखेलमा जब सृष्टिको दिल टुट्यो (गाजलु : सुटिङ रिपोर्ट)

 

शब्द : विष्णु शर्मा
तस्विर : ज्ञानेन्द्र कार्की


झम्सिखेल मोक्षमा सृष्टि श्रेष्ठको ब्रेकअप भयो । ट्रयाजेडी विरहमा पूर्वमिस नेपाल नोस्टाल्जिक थिइन् । आडैमा थिए सलोन बस्नेत, जोसँग सृष्टिको दिल टुट्यो ।

 



सृष्टि सलोनसँग बिताएका पल सम्झँदै थिइन् । गिटार, ड्रम र उनको गायकीले परिवेश महफिल महसुस हुन्थ्यो । उनी माइक्रोफोनमा ‘मुस्कुराउनुको कथा..’ गाउँदै थिइन् । यस्तो लाग्थ्यो, हारेर पनि प्रेममा उनको जित भएको छ ।

 



यी शब्दचित्र पनि रियल होइनन्, फिल्मको रीलका लागि । कालिप्रसाद बाँस्कोटाका औंलाहरु स्वयम गिटारका कड् हान्न व्यस्त थिए । कालिको यो सांगीतिक कमब्याक ‘रेशम फिलिली’को ब्लकबस्टर पिरतीको छातासँग जोडिएको थियो ।

 



शैलेन्द्रध्वज कार्की सृष्टि सौन्दर्यलाई फ्रेमिङ गर्दै थिए । हेमराज विसी एक्सन कट्मा सृष्टिको ड्रामाटिक निखारता पोत्दै थिए । कट् भन्नेवित्तिकै सृष्टिले संवाददातातर्फ हेर्दै आँखा झिम्क्याइन् र गजब लागिरहेको इसारा गरिन् ।

 



सुटिङ थियो फिल्म ‘गाजलु’को । सहरमा रेष्टुराँ कल्चर उर्वर गराएको थलो झम्सिखेल फिल्मांकन थलो बनेको थियो । बैशाख २४ गते रिलिज हुने समेत घोषणा गरे सेटमा भेटिएका ठिटा निर्माता रोहित अधिकारीले ।

 



बबरमहल हाइवेमा कार उडाएको दृश्य खिचेर फिल्म गएराति सकियो । अनमोल केसीले ‘गाजलु’का लागि आखिरी सट् दिए । अब सुरु हुनेछ पोस्टप्रोडक्सन सिलसिला । १ करोड ३० लाख पैसा हालेर निर्माता रोहितले चुनौतिसँगै अवसरको खोजी थालेका छन् । उनलाई फिल्म नबन्दै एफडी कम्पनीले ४५ लाखमा एमजी गरिदिएको छ । यो गणित रोहितका लागि हाइसन्चो हो ।

 



सलोन र सृष्टिको फिल्म कस्तो देखिएला ? बैशाख २४ गते फिल्म देशब्यापी रिलिज हुँदैछ ।

27 dislike 6

Facebook Comments
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.