Font   font-increse   font-dicrese

हलिउडको ‘बे वाच’ सिरिजमा प्रियंका अनुबन्धित

प्रियंका चोपडाका लागि हलिउड भाग्यमानी देखिएको छ । यी पूर्वविश्व सुन्दरी एवं भारतीय अभिनेत्री हलिउडमा भाग्य अज्माउने प्रयत्नमा छिन् ।

 



यसैसाता एबीसी टिभीको सिरिज ‘क्वान्टिको’बाट उत्कृष्ट अभिनेत्री विधामा पिपुल च्वाइस अवार्ड जितेपछि उनको हलिउड यात्रा फराकिलो बनेको छ । उनी अर्को चर्चित अमेरिकी सिरिज ‘बे वाच’मा देखिने भएकी छन् ।

हलिउडका ठूला नाम डाउने जोन्सन् र ज्याक एफ्रोनको अपोजिटमा उनी देखिनु कुराले थप चर्चा पाएको छ । सिरिज निर्माताले उक्त सिरिजमा प्रियंकालाई रातो बिकनी अवतारमा देख्न पाइने बताएका छन् ।

‘सिरिजमा प्रियंकालाई लिडिङ लेडीको रोलमा देख्न सकिन्छ र उनी सेक्सीसँगै खराब पनि हुनेछिन्’ निर्माताले आइडियाबारे भने । ‘क्वान्टिको’ सिरिजको दोस्रो सिजन पनि सुटिङ सुरु हुने भएपछि यतिबेला प्रियंकालाई सेड्युल मिलाउन हम्मे परिरहेको छ ।

0 dislike 15

Facebook Comments
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.