Font   font-increse   font-dicrese

काठमाडौंमा फिल्म चल्दै गर्दा आइपुगे हलिउड हिरो

Photo : Laxmi prasad Nagkhsi

 

उनले अभिनय गरेको फिल्म ‘टुभेल्थ इयर्स अफ स्लेभ’ अस्कर अवार्डको उत्कृष्ट पाँच मनोनयनमा छानिँदा उनको समर्थन गर्ने धेरै थिए । अमेरिकाले कालो इतिहासलाई बिर्सन नहुने धेरैको ठम्याइ थियो ।

यो फिल्ममा एक अश्वेत अमेरिकी दास बनेर खेलेका चिवेटेल इजोफरले धेरैको मन जिते । हलिउडका यी खुंखार अभिनेता अहिले नेपालको राजधानी काठमाडौंमा छन् । सोमबार उनलाई सुटिङ भैरहेको फिल्म ‘डक्टर स्ट्रेन्जर’को सेटमा देखियो ।

 



उनी ठीक यतिबेला काठमाडौंमा छन् जतिबेला उनको फिल्म ‘द मार्सियन’ अहिले काठमाडौंको क्यूएफएक्स हलमा प्रदर्शन भैरहेको छ । यो फिल्ममा उनले मंगल ग्रह मिसनको नेतृत्व गर्ने नासाको एक अधिकृतको रोलमा अभिनय गरेका छन् ।

पाटनमा सुट भैरहेको सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज’मा उनी महत्वपूर्ण भूमिकामा छन् । बेनेडिक्ट क्याम्बरब्याच हिरो भैहाले । हलिउड टोली सोमबार फर्कने तयारी छ । 

25 dislike 0

Facebook Comments
Guardians of the galaxy2
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.