Font   font-increse   font-dicrese

सेलेना गोमेजले खोपाइन 'ॐ' ट्याुट | उर्लियो समर्थन र आलोचना

 

हलिउड गायिका एवं अभिनेत्री सेलेना गोमेजले हिन्दु धर्मको पवित्र चिन्ह ‘ॐ’ ट्याटु खोपेकी छिन् । हिन्दु धर्ममा यो चिन्हलाई ब्रम्हान्ड र सभ्यताको प्रतीक मानिन्छ ।

राष्ट्रसंघिय नियोग युनिसेफकी दूतको रुपमा गतवर्ष नेपाल आएकी सेलेनाले अबिरको टीका र माला पनि लगाएकी थिइन् । हिन्दु, बौद्ध र जैन धर्ममा ॐलाई विशेष प्रतीक मानिन्छ ।

बायाँ तिघ्राको माथिल्लो भागमा पवित्र शब्दको ट्याटु खोपेकाले २३ वर्षे गायिकाको आलोचना समेत भैरहेको छ । यसअघि सेलेनाले रोमन अंक ७६ लाई पनि ट्याटु खोपाएकी थिइन् ।

उनले बायाँ हिप्समा ‘गड हु स्ट्रेन्थ्स’ ट्याटु पनि कुँदाएकी छिन् । उनले ॐ कुँदाउनुको कारण भने नखुलेको विश्लेषकहरुले बताएका छन् ।

0 dislike 0

Facebook Comments
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.