Font   font-increse   font-dicrese

अमिताभले सम्झिए धरहरा र पुशपति | पढ्नुस बच्चनको नेपाल ब्लग

 

विनाशकारी भुकम्पका कारण नेपालमा पाँच हजारभन्दा बढी व्यक्तिको मृत्यु भैसकेको छ । यो त्रासदीले गर्दा १० हजारभन्दा बढी घाइते छन् ।

ऐतिहासिक महत्वका संरचना ध्वस्त हुँदै देशलाई ठूलो क्षति भएको छ । मुलुकका केही हिस्सामा बर्बादीका दृश्य देखिएका छन् । राहतमा भारतसहितका केही देश अगाडि देखिएका छन् ।

हिन्दी चलचित्रका दिग्गजले पनि नेपालको सम्झनालाई ताजा तुल्याउँदै छन् । अमिताभ बच्चन पनि यसमा सहभागि छन् । अमिताभले आफ्नो ब्लगमा नेपालबारेका पुराना याद ताजा बनाएका छन् । पढ्नुस :


पहिलो यात्रा

मैले १९५४ मा नेपालको यात्रा गरेँ । त्यसबखत हामी इलाहाबादमा बस्थ्यौँ । म परिवारसँग पटना र पुनः स्टिमर चढेर मुजफ्फरपुर पुगेँ । मेरो पिता समकालिन साहित्यकारसँग भेट्न चाहनुहुन्थ्यो ।

त्यसपछि हामीले पटना एयरपोर्टबाट नेपालको राजधानी काठमाडौंका लागि उडान भरेका थियौं । यो मेरा लागि बिमान यात्राको पहिलो अनुभव थियो र पहिलो विदेश यात्रा पनि थियो । यसलाई लिएर जुन उत्साह थियो, उसको तुलना गर्न सकिँदैन्थ्यो ।

रास आयो नेपाल
१९५४ मा काठमाडौं विकासको चरणमा गुज्रिएको थियो । एयरपोर्टमा त्यतिबेला सम्म रनवे पनि माटोको थियो । मलाई सम्झना छ, काठमाडौंमा पक्की सडक भारतीय दुतावासदेखि राज दरबारसम्म मात्र छ भनेर मलाई बताइएको थियो ।

राजपरिवार मेरा पिताजीको कविताको प्रशंसक थियो । नेपाल यात्राको दुई किस्सा अहिले पनि मलाई सम्झना छ । चीनको पिंग पङ बाल र बंदे गलाको जोधपुर ज्याकेट । यस्तो एउटा मान्छे जोसँग औपचारिकरुपमा लगाउने कुनै ड्रेस छैन, मसँग मुस्किलले एक जोडी पतलुन र कमिज मात्र थियो । यस्तो बेला यसलाई हासिल गर्नु महत्वपूर्ण हुन्थ्यो ।

नेपालबारे मेरो बाँकी सम्झना, अधिकारीहरु, राजनीतिज्ञ र दुतावासका खास मान्छेको घरमा हुने कवि गोष्ठीलाई लिएर थियो । तीमध्ये केही यस्ता मान्छे जसले विद्रोहको क्रममा जीवनका केही वर्ष जेलमा बिताएका थिए । जेलमा हुँदा मेरा पिताजीको रचनाले प्रेरणा दिएको बताउँथे । मलाई सहरको बीचको ठूलो मैदान टुँडिखेलको याद भैरहेको छ ।

रामरो लागो
त्यसबेला जस्तो नेपाली सिकेको थिएँ, त्यो आज पनि मलाई सम्झना छ । कान्कदो खायो । काउस्तो लागो । रामरो लागो रामरो लागो ।

के तपाईंले खारा खानुभयो ? कस्तो लाग्यो ? राम्रो लागो, राम्रो लागो ।

र, मेरो फिल्म ‘महान’ जसमा मैले तीन पात्रको रोल गरेको थिएँ । यी शब्दको प्रयोग मैले तीमध्ये एउटा पात्रमार्फत गरेँ । जुन मैले जीतन अमानसँग निभाएँ । मैले सेतो सुट लगाएको थिएँ र रातो चस्मा पनि ।

पछि मैले ‘खुदा गवाह’ र ‘महान’ फिल्मको सुटिङको लागि नेपालको यात्रा गरेँ । ती यात्रा निकै आनन्ददायक थियो । त्यतिबेला नेपाल १९५४ को अवस्थाबाट बदलिएको थियो । विकसित र आफ्नो आधुनिकतालाई लिएर मुग्ध । आफ्नो इतिहास, संस्कृति र परम्पराको संरक्षण गर्दै गरेको नेपाल । मान्छेको प्रेम, सत्कार र उमंगसँग हामीले हाम्रो फिल्मका लागि काम गरेका थियौं, त्यो लगाव हेर्न लायक थियो ।

दर्द र निराशा
अब हामीले हाम्रा फिल्मको गीत र दृश्यमा कैद गरेका ती भवन र संरचना अहिले ध्वस्त भएको देख्दा दुखी भएको छु । यो निकै दर्दनाक र निराश पार्ने खालको अवस्था हो मेरा लागि ।

मेरो प्रार्थना उनीहरुसँग छ । मद्दतसँग पनि मेरो सरोकार जोडिएको छ । मैले यसका लागि सहयोग गरेको छु । कोही एकजनाको सहयोग कहिल्यै पूर्ण हुँदैन । यसका लागि सामूहिक प्रयास हुनु जरुरी हुन्छ । हरेक थोपाको आफ्नो मूल्य हुन्छ ।

इश्वरको कृपा
काठमाण्डूको पवित्र पशुपतिनाथ मन्दिर दैवी शक्तिले सुरक्षित बचेको छ । यो एक अलौकिक घटना हो । यो मन्दिरको महान इतिहास छ र म केही पटक यस मन्दिरमा गएको छु ।

यसको बाहिर पट्टी हामीले ‘महान’ फिल्मको सुटिङ गरेका थियौं । भित्र सुटिङ गर्न हामीले अनुमति पाएनौं । इश्वरको चमत्कार देखेपछि पनि प्रकृति पछि पर्छिन् ।

उत्तराखंड र केदारनाथ क्षेत्रमा बादल फाटेपछि बाढी आउँदा पानीसँगै सबै चीज बगेको थियो तर केदारनाथ मन्दिरलाई केही भएन । ‘शुबाइट जानी’ फिल्म सुटिङको क्रममा हामी जुन गाउँमा बसेका थियौं, सुनामीले त्यसलाई पुरै बगाएको थियो ।

1 dislike 0

Facebook Comments
Guardians of the galaxy2
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.