Font   font-increse   font-dicrese

अमिताभले आमिरलाई भने -'वेलकम टु द क्लब'

 

बलिउड महानायक अमिताभ बच्चनले पत्रकार सम्मेलनको क्रममा आमिर खानलाई भने, –'वेलकम टु द क्लब' । यो कुरा सुनेर प्रेस कन्फ्रेन्समा उपस्थित सबैजना हाँसे ।

खासमा आमिर खानको जन्मदिन १४ मार्चमा हो । यही मेसोमा जब अमिताभलाई आग्रह गरियो कि तपाईं के कुरा आमिरलाई बधाई दिन चाहनुहुन्छ ? अमिताभले हाँस्दै भने –वेलकम टु द क्लब ।

अमिताभले यस्ता भन्नुको कारण हो –आमिर यसैवर्षदेखि ५० वर्ष पुग्दैछन् । यद्यपी, आमिर अहिलेसम्म आफूलाई जवान नै मान्छन् । एकपटक उनले भनेका थिए –अहिले त बल्ल १८ वर्ष पुगेको छु ।

यसपटक आमिरको जन्मदिन मुम्बई नजिकैको लोनावालामा मनाइँदैछ । यसको सबै तयारी उनकी पत्नी किरण रावले गर्दैछिन् । आमिरका खास साथी सलमान खान र उद्योगका अन्य सेलेव्रिटी पनि समारोहमा उपस्थित हुने आशा राखिएको छ ।

0 dislike 11

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.