Font   font-increse   font-dicrese

माला र सिद्धार्थ 'वान वे' प्रेममा (वान वेसँग मेरोसिनेमा गोलमेच)

 

'वान वे' फागुन १ मा रिलिज हुनेछ । काउन्टडाउन सुरु भएसँगै सिनेमा क्रिउ पब्लिसिटीमा कस्सिन थालेको छ । सिनेमा कलाकार र निर्माताले मेरोसिनेमासँग भलाकुसारी गरे ।

डेब्यु अभिनेता सिद्धार्थ गुरुङ फिल्मलाई लिएर आशावादी सुनिए । ‘धेरैले हेरोस् वा थोरैले, जतिले हेर्छन्, मलाई गुड एक्टर भन्छन्’ यसअघि आधादर्जन नाटक खेलिसकेका ठिटाले भने, ‘कमर्सिएल्ली मलाई चासो छैन, तर म आफ्नो मिहेनतप्रति विश्वस्त छु ।’

उनले फिल्ममा आफ्नो क्यारेक्टरलाई परिभाषित पनि गरे । ‘म ग्रुप लिडर । एउटा प्रेमी । इमान्दार केटो । ब्रोकन फेमिलीमा हुर्किएको ठिटो । भविष्यबारे उति चिन्तित छैन । प्लेब्वाइ पनि होइन । उति नबोल्ने । अन्तर्मुखी’ सिद्धार्थ पात्रबारे खुले ।

'को –एक्टर' रविन तामाङ र करिश्मा मानन्धरसँग उनले पङच्युआलिटी सिके । ‘आजकलका केटाहरु यस्तो कुरामा कमजोर हुन्छन् तर, मैले रविन दाई र करिश्मा अन्टीबाट पङच्युआलिटी सिकेँ’ फिल्मका सिद् खुले । सेक्सपियर, चार्लीका नाटकबाट दीक्षित यी ठिटाले फिल्म गर्न कुनै कठिनाइ नभएको समेत बताए ।

अभिनेत्री माला सुब्बा पहिलो फिल्मलाई लिएर ह्याप्पी लाग्छिन् । ‘पहिलो फिल्म भनेर मैले आफूमाथि प्रेसर हुन दिएको छैन’ नेपाङ्ग्रेजी (नेपाली र अंग्रेजी) लवजमा यी सुन्दरीले भनिन्, ‘प्रोफेसनल थिइँन सायद । तर, फिल्म, रविन दाजु र करिश्मा दिदीले सिकाइदिनुभयो ।’

 



को–एक्टर सिद्धार्थसँग लभ एन्ड हेट रिलेसनसिप रहेको माला कथन छ । ‘हामी सेटमा सँधै लभ एन्ड हेट रह्यौं’ माला खुलिन् ‘ऊ एउटा मिहेनती कलाकार पनि हो ।’ पहिलो फिल्म भएकाले गुमाउनुपर्ने कुरा केही नभएको उनले बताइन् । बियोन्सेकी फ्यान मालालाई म्युजिक भिडियोभन्दा फिल्म नै मनपर्छ ।

अभिनेता भानु प्रताप फिल्ममा जति डरलाग्दा देखिन्छन् उति नै रियल लाइफमा कोमल पनि । सिनेमामा भिलियनलाई चित्रण गर्ने ट्रेन्डमा बदलाव देखिएको उनले बताए । ‘वान वे यो परिवर्तनलाई स्वीकार गरेको छ । पात्रमा भिलियन डुबेका छन्’ उनले भने ।

निर्माता राजकुमार राईको आठौं प्रोजेक्टप्रति उत्साही देखिए । मुलुकका ७० पर्दाबाट रिलिज गर्ने जानकारी दिँदै राईले अध्यक्षको नाताले सिनेमा बनाउँदा सजग हुनुपर्ने महसुस आफूले गरेको उनले सुनाए । ‘अध्यक्षको रुपमा फिल्म बनाउँदा निकै कर्तव्यबोध महसुस भयो’ राईले भने ।

वर्षेनी एउटा सिनेमा निर्माण गर्ने लक्ष्य राखेको आरसी पिक्चरले यसअघि 'मनै त हो', 'पापी मान्छे एक र दुई, 'संगम', 'त्रिवेणी' र 'प्रोड्युसर' बनाइसकेको छ । वान वेलाई निर्माता राईले एम्बिसिएस प्रोजेक्टको रुपमा व्याख्या गरे । 'वान वे'लाई सुरज सुब्बा नाल्बोले निर्देशन र प्रदीप भट्टराईले पटकथा लेखेका हुन् ।

22 dislike 4

Facebook Comments
Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Nirbhaya
Voting Poll
Sorry, voting poll not found.