Font   font-increse   font-dicrese

राउटेले हेरे 'हिम्मतवाली' | रेखाबाट पाए तिहार खर्च

 

 

 

सुर्खेतबाट आएका राउटेहरुले रेखा थापा स्टारर सिनेमा 'हिम्मतवाली' हेरेका छन् । गोपिकृष्ण हलमा उनीहरुले रेखा र अभिनेता सुदर्शन थापासँगै बसेर फिल्म हेरे अनि हर्षविभोर भए ।

सुर्खेतबाट काठमाडौंमा दशैं र तिहार खर्च लिन प्रत्येक वर्ष राउटे आउने गर्छन् । रेखाले केही रकम तिहार मनाउनको लागि ती राउटेहरुलाई प्रदान गरिन् । पैसा बुझे र फिल्म हेरेपछि उनीहरुले रेखालाई धन्यवाद दिए ।

रेखाले केही वर्षपहिले राउटे बच्चालाई पनि आश्रय दिएकी थिइन् । काठमाडौं आउनेवित्तिकै राउटेले रेखालाई भेट्न पुगेका थिए । उनीहरुले काठमाडौंमा प्रधानमन्त्री र रेखालाई मात्र आफूले चिनेको उनीहरुले बताए ।

48 dislike 5

Facebook Comments
KIngsman : The Golden Circle
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.