Font   font-increse   font-dicrese

'हिम्मतवाली' करोड क्लब प्रवेश | चारदिने आम्दानीसहित

सुदर्शन गौतम र रेखा थापा ।

 

रेखा थापा स्टारर 'हिम्मतवाली'ले एक करोडको बिन्दु सजिलै मार्क गरेको छ । प्रदर्शनको चौंथो दिन सिनेमाले देशब्यापी ३४ लाख १४ हजार ५८० रुपैयाँ ग्रस कमाउन सक्यो ।

फिल्मको चौंथो दिनसम्मको कूल आम्दानी १ करोड २१ लाख ६५ हजार ५४१ रुपैयाँ ग्रस छ । लगातारको दशैं सार्वजनिक बिदा र अभिनेत्री तथा निर्देशक थापाको आफ्नै स्टारडमको प्रभाव बक्सअफिसमा देखियो ।

मोफसल र काठमाडौं कलेक्सन लगभग समानजस्तो छ । टीकाको दिन शुक्रबार केही ड्रप देखिएको कलेक्सन शनिबार पुनः उकालो लागेको थियो । मुलुकका झन्डै ९० पर्दाबाट सिनेमाले उक्त आम्दानी गरेको हो ।

फूलपातिको दिनमा रिलिज भएको सिनेमालाई चार दिन लामो सप्ताहन्तको फाइदा मिलेको हो । कोजाग्रत पूर्णिमाको बिदासम्म कलेक्सनमा उछाल देखिने अनुमान गरिएको छ । असोज ३१ गते अगाडिसम्म अन्य फिल्म रिलिज नहुने भएकाले यसको फाइदा हिम्मतवालीलाई पुग्न सक्ने देखिन्छ ।

45 dislike 17

Facebook Comments
Murder on the Orient Express
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Firke
Voting Poll
Sorry, voting poll not found.