Font   font-increse   font-dicrese

उता मन्त्री बोल्ने, यता रेखाको फिल्म मेट्ने सरकारी रबैया

 

नेपाली सेन्सर बोर्ड सरकारलाई लिएर फिल्ममा प्रयोग गरिने शब्द र दृश्यप्रति कडा हुन थालेको छ । उसको यस्तो रवैया पछिल्ला दिनमा झनै बाक्लिएको छ र त्यसैको श्रृंखला हो 'हिम्मतवाली' सेन्सरमा म्युट गर्न आदेश दिइएको 'मन्त्रीपरिषद' ।

त्यही मन्त्रीपरिषदका एकजना सदस्य तथा संचारमन्त्री मीनेन्द्र रिजालले मन्डला थिएटरमा सेन्सर बोर्ड स्वायत्त हुन नसक्ने आशयको अभिव्यक्ति दिइरहँदा सेन्सर बोर्डले उता चावहिलतिर हिम्मतवालीलाई शब्दलाई मेटाउन आदेश दिइरहेको थियो ।

अश्लिलतामा उदार हुन नसक्ने सरकारी दृष्टिकोण व्यक्त भएपनि मन्त्रीपरिषद भन्ने शब्द चाहिँ अश्लिल चाहिँ होइन । भलै यो बहसको एउटा पाटो होला तर, सिनेमा हिम्मतवालीले चाहिँ प्यारेन्टल गाइड प्रमाणपत्र पाएको छ ।

अब बालदर्शकले अभिभावकको निगरानीमा फिल्म हेर्नसक्छन् । फाइटका दृश्यले गर्दा आफ्नो सिनेमाले पीजी पाएको अभिनेत्री, निर्मात्री तथा निर्देशक रेखा थापाले बताइन् । असोज १५ गते रिलिज हुने सिनेमामा दुबै हात नभएका सुदर्शन गौतम प्रोटागोनिस्ट छन् ।

25 dislike 6

Facebook Comments
KIngsman : The Golden Circle
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.