Font   font-increse   font-dicrese

कसरी सुपरहिरोले जोगाउँदैछन् हलिउड
मेरोसिनेमा, २४ बैशाख (काठमाडौं)

 

सिनेमाको प्रचार टेलिभिजनमा केन्द्रित हुन थालेपछि सुपरहिरो सिनेमाले बढीभन्दा बढी दर्शक तान्न थालेका छन् । यस्तो आइडियाले यसखाले जनराका फिल्मको लोकप्रियता चुलिन थालेको छ ।

सम्झन पक्कै मुस्किल हुनेछ, निकट अतितमा सुपरहिरो फिल्मले हलिउड सिनेमा उद्योगलाई प्रभावमा राख्न सकेका थिएनन् । १० देखि १५ वर्षअघिसम्म ठूलो बजेटका सिनेमाले सँधै ध्यानाकर्षित गर्थे र दर्शकको भीडलाई पनि तान्न सक्थे ।

तर, हिजोआज हलिउड स्टुडियोले प्रतिस्पर्धालाई निरन्तरता दिन सुपरहिरो फ्रेन्चाइज सिनेमातिर ध्यान दिन थालेका छन् । जब सोनीले वर्ष २०१२ मा स्पाइडरम्यान बनायो, तब धेरैले पात्रको अन्त्य र सुपरहिरोको उदय भएको ठाने । आइतबार राती वार्नर ब्रोजले सुपरहिरोको सिनेमा ‘जस्टिस लिग’ बनाउने घोषणा गरेर अनुमानलाई सत्य तुल्यायो जुन फिल्म २०१७ र २०१८ मा रिलिज हुनेछ ।

गएको समरको सिनेमा ‘म्यान अफ स्टिल’को दोस्रो सिक्वेलको रुपमा यो फिल्म बन्न लागेको हो । २०१६ मा रिलिज हुनसक्ने फिल्मको नाम ‘ब्याटम्यान भर्सेस सुपरम्यान’ राखिनसक्छ । फिल्ममा सुपरम्यानको रोलमा हेनरी क्याभिल, ब्याटम्यानको भूमिकामा बेन एफलेक, वन्डर वुमनको रोलमा गेल ग्याडेट हुनेछन् ।

वार्नर, मार्बल (द एभेन्जर्स), सोनी (स्पाइडरम्यान) र फक्स (एक्स म्यान)बीच बाहुबल प्रतिस्पर्धाजस्तै देखिएको छ । वर्ष २०१२ मा द एभेन्जर्सको सफलतापछि बक्सअफिस कीर्तिमान तोड्न एउटा मात्र सुपरहिरो पर्याप्त नहुने देखियो । साथै, स्टुडियोहरुले यही बिन्दुबाट सुपरहिरोलाई लिएर व्यवसायिक धारणा पनि परिमार्जन गरे ।

गतवर्ष वार्नरले 'म्यान अफ स्टिल' ल्यायो, फक्सले 'वुल्भरिन', मार्भलले 'थोर' र 'आइरन म्यान' रिलिज गरेका थियो । यो वर्ष हामीसँग 'क्याप्टेन अमेरिका', 'अम्याजिङ स्पाइडरम्यान', 'एक्स म्यान', 'गार्जियन्स अफ दी ग्यालेक्सी'को दोस्रो भाग छ । यी सबै फिल्मको विशेषता भनेको मार्भलको सुपरहिरो कमिक्स नै हो जुन एभेन्जर्स सिक्वेल अन्तर्गत नै पर्छन् ।

आउँदो वर्ष एभेन्जर्सको सुपरहिरोले हलिउडको बाली काट्ने अभियानको थालनी गर्नेछ । सोनीले सोही वर्ष 'स्पाइडरम्यान'को अर्को सिक्वेल बन्नेछ । ए साँच्ची, मार्भलले आउँदो २०२८ सम्म सुपरहिरो सिनेमा रिलिज गर्ने निधो नै गरिसकेको छ । जुन वर्षसम्म फिल्म हेर्न लक्षित दर्शक नै जन्मिएका छैनन् ।

सन्देश स्पष्ट छ –भविष्यको ब्लकबस्टर अभिनेता, निर्देशक र कथाले निर्देशित गर्नेछैन बरु सुपरहिरो र ब्रम्हाण्डले निर्देशित गर्नेछ । केवल ब्रम्हाण्डमात्र पनि होइन बरु विशाल, गतिशिल विश्वले ठूलो र सानो पर्दा दुबैलाई कब्जा गर्नेछ । सायद यही कारणले हुनुपर्छ मार्भल र डीसी कमिक्सले टेलिभिजनमा यिनै विशेषता खोज्न थालेका छन् । मार्भलले सीडब्लु नामक टिभीमा 'कल्ट फेभरेट एर्रो' र डीसीले एबीसी च्यानलमा 'एजेन्ट्स अफ सिल्ड' प्रसारण गर्दैछन् ।

दर्शकको रुचिको कारण यतिबेला लेखकहरु टेलिभिजन लक्षित पात्र र संसारको परिकल्पना गर्दैछन् । सिनेमाभन्दा सिरियल शैलीमा यस्ता खाले फिल्म प्रसारण गर्दा प्रभावकारी हुने र दर्शकले रुचाउने विश्वास उनीहरुको छ । कतिपय हलिउड स्टुडियोहरु भने टेलिभिजनको सिरियलभन्दा ठूलो पर्दालाई नै सुपरहिरोको वास्तविक प्लेटफर्मको रुपमा स्थापित गर्न लागिपरेका छन् ।

केही आलोचकले भने बक्सअफिसमा प्रभाव पार्ने यो शैलीप्रति कटाक्ष गर्दै प्रभावकारितामा प्रश्न उठाउन थालेका छन् । 'हंगर गेम्स' र 'ह्यारी पोर्टर'लाई छाड्ने हो भने गतवर्ष हलिउडमा सर्वाधिक सप्ताहन्तको ब्यापार गर्ने आठमध्ये पाँच फिल्म सुपरहिरोकै थिए । सुपरहिरोको रुपमा आफ्नो नामलाई ब्रान्ड तुल्याइसकेका स्टारको नाम पोस्टरमा लेखेपनि सजिलै १ सय मिलियन डलर कमाउने अवस्था यतिबेला हलिउडमा बनिसकेको छ । विल स्मिथको 'आफ्टर अर्थ'ले ६० मिलियन मात्र कमायो न त टम क्रुजको 'ओब्लिभियन'ले नै बक्सअफिसमा कमाल देखाउन सके । यहीकारण हुनुपर्छ हलिउडका ठूला नामहरु सुपरहिरोतिर सोझिएका छन् ।

हालै घोषणा भएको अर्को सुपरहिरो सिनेमा 'जस्टिस लिग' त सुरुआतमात्र हो । हलिउडमा बक्सअफिस र सुपरहिरो प्रतिस्पर्धा बल्ल सुरु भएको छ ।

0 dislike 0

Facebook Comments
Ninja Turtles
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Nirbhaya
Voting Poll
Sorry, voting poll not found.