Font   font-increse   font-dicrese

बलिउड बक्सअफिस १० प्रतिशतले बढ्यो
हलिउड रिपोर्टर | २८ फागुन (काठमाडौं)

 

एक नयाँ आर्थिक सर्वेक्षणअनुसार हलिउड र विदेशी फिल्मले अनुमानभन्दा १० प्रतिशत कम भारतीय फिल्म बजार ओगटेका छन्

वर्ष २०१३ मा भारतीय सिनेमा घरहरुको कूल आम्दानी १.५४ विलियन डलर (९३.४ विलियन भारु) रह्यो । यो आंकडा वर्ष २०१२ को कूल कमाइ ८५.१ विलियन भारुभन्दा १० प्रतिशतले बढी हो ।

मुम्बईमा बुधबार आयोजित एक समारोहमा केपीएमजी इन्डिया र भारतीय चेम्बर अफ कमर्सले बलिउडको यस्तो ग्राफ सार्वजनिक गरेका हुन् ।

भारतीय सिनेमा उद्योगको अहिलेको कूल आकार २ विलियन डलर यही अनुपातमा बढ्ने हो भने यसको आकार ३.६ विलियन डलर (२१९.८ विलियन रुपैयाँ) पुग्ने प्रक्षेपण पनि गरिएको छ ।

उद्योगमा ७५ प्रतिशत योगदान दिने घरेलु सिनेमा घरहरुको कारोबार वर्ष २०१८ सम्म १६०.२ विलियन रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यो ग्राफ वर्ष २०१३ मा ११.४ प्रतिशत रह्यो ।

गतवर्षको कारोबार वर्ष २०११ को भन्दा कम हो । सन् ११ मा १.१४ विलियन डलर कारोबार भएको फिल्मको आम्दानी २०१२ मा घटेर १.४ विलियन डलरमा विन्दुमा पुगेको थियो ।

बलिउडको आर्थिक आकारलाई बढाउन गतवर्ष डिज्ने–युटिभीको चेन्नइ एक्सप्रेस र यशराज फिल्मसको रेकर्ड ब्रेकिङ सिनेमा धुम ३ प्रमुख रहे ।

हलिउड र विदेशी फिल्मले सोही वर्ष अपेक्षाभन्दा १० प्रतिशत कमले ब्यापार गरे । २०१३ मा भारतीय बजारमा सर्वाधिक कमाउने तीन हलिउड फिल्म थिए –आइरन म्यान ३ (६६७ मिलियन रुपैयाँ), फास्ट एन्ड फ्युरियस ६ (५७३ मिलियन रुपैयाँ) र म्यान अफ स्टिल (३७० मिलियन रुपैयाँ) ।

रिपोर्टका अनुसार २०१३ मा १५०–२०० मल्टिप्लेक्स पर्दा थपिएका थिए । यसअघि पनि भारत अति पर्दाहरु भएको मुलुक थियो । ९ हजार पर्दामध्ये २५ प्रतिशत मल्टिप्लेक्स भएको अनुमान गरिन्छ ।

प्रतिदश लाख ११७ पर्दा घनत्व भएको अमेरिकाको तुलनामा भारतको प्रतिदश लाख जनसंख्या अनुपातमा ८ पर्दाको घनत्व पर्न आउँछ । आउँदो दशकमा भारतमा मल्टिप्लेक्सको संख्या अझै विस्तार हुने अनुमान गरिएको छ ।

२०१८ मा बलिउडको कूल वृद्धिदर १२ प्रतिशत पुग्ने सम्भावना छ । ‘तीव्र सहरिकरण, मल्टिप्लेक्स पर्दाको बढोत्तरी, निर्माणमा सुलभता र भिन्न स्वादका फिल्मप्रति दर्शकीय आकर्षण तथा उदाउँदो मध्यमवर्ग यसका आधारहरु हुन्’ रिपोर्टमा भनिएको छ ।

1 dislike 0

Facebook Comments
thor
Shinetech Nepal Pvt. Ltd.
Music Vimeo - Wake Up Everyday With New Music
Voting Poll
Sorry, voting poll not found.